तिमीलाई रुवाउने धोको छैन

कविता

हो देश तिमी छौ रे भनेर म क्षितिजमा नाचिरहेकी थिए ।
देशकी परी बनेर जिवित हासो हासीरहेकी थिए ।

सुनेकी थिए तिमी बेचिएकी छौ रे।
खोलानाला पनि फेरीएका छन रे ।

हो तिम्रो अस्तित्व
पनि बेचेका रहेछन् ।
राजनीतिका कीराहरुले देश बेचि रमाइरहेका छन् ।

तिम्रो अस्तित्व मेरो पहिचान हो ।
तिम्रो रुप मेरो जवानि हो ।

तिम्रो अस्तित्व माथि परेड खेल्दा म रोइरहेछु ।
तिम्रो अस्तित्वलाई जोगाउने साहित्य रोपिरहेछु ।

हो साच्चै म निद्रामा बर्बराइ रहेछु ।
तिम्रो अस्तित्वको पहिचान खोजीरहेछु ।

साहित्यमा म तिम्रो इतिहास रोपिरहेकी छु ।
पुर्खाले आर्जेको भुमी खोजेरहेछु ।

हो तिम्रो अस्तित्वलाई म कसरी जगेर्ना गरु रु
तिमी बेचिदा म कसरी हासीरहुँ रु

तिमीलाई रुवाउने मेरो धोको छैन ।
तिम्रो अस्तित्वमा म लडिरहेकीछु ।

हो म साहित्यिक योद्धा तिम्रो अस्तित्वमा लडिरहेछु ।
क्षितिजमा म कहिल्यै नमर्ने इतिहास खोजीरहेछु ।

तिम्रो सौन्दर्यको जवानीलाई बेचेर खादैछन ।
अझैपनि तिमीमाथि परेड खेल्दै छन ।

तिमीलाई बचाउने मेरो कसरत छ ।
साहित्यमा कसिलो तिम्रो सौन्दर्य छ ।

तिम्रो अस्तित्व मलाई सार्है सौन्दर्य लाग्छ ।
त्यहि अस्तित्वमा मैले आफ्नो इतिहास कोरीरहेकीछु ।

पुर्खाको उत्पादन तिमी, अस्तित्वमा बाचिरहेछौ ।
खोलानाला, नदी, हिमाल, तराई र पहाडमा झल्किरहेछौ ।

तिम्रो जवानी नेपाल र नेपालीको पहिचान हो ।
तिम्रो सौन्दर्य र अस्तित्व हाम्रो गहना हो ।

तिमी घट्दा हामी घटीरहेछौ ।
तिम्रो अस्तित्व लुटिदा हामी रोइरहेछौ ।

तिमीलाई संसारमा चिनाउने मेरो प्रयास ।
गर्दैछु पुरानो भुमी फिर्ता गर्ने सहास ।

संसारमा दौड्ने साहित्यिक परीबेश ।
यसैमा रमेको छ मेरो देश ।