Breaking News

रिक्तो सन्दुक

दीन लाग्यो भने
कसको के लाग्छ
आफ्नाहरु परका बन्छन्
परकाहरु खुसिका खलनायक हुन्छन्
सर्वेसर्वा हुन आशिर्वाद दिन्छन्
भनेर आसा गरेकाहरु
पोकैपोका राखेर
नासो जसरी दुखले भरिएको
गरुङ्गो झोला पठाउ छन्
अनेकौं समस्याहरु
घरका सदस्य जस्तै बनेर
हर मौसम पिरका
वर्षाहरु वर्षाइ रहने
वर्षा जसरी पुग्छन्
अनि
खुसिका प्यालाहरु वर्षाले भरिने गर्छन्
माथी आकाशका जुनकीरी जस्ता
उज्याला टिपेर मध्यरातमा
उज्यालो गरौंन भन्दा
जुनकीरीहरु अध्यारा भै दिन्छन्
सुखका सान साना उगाला
बनाएर एक डोको सुख भर्न खोज्दा
सुखको चाक्लो डोको
खालिको खाली हुन्छ
अब फेरी
दीन लागेर
आगन सम्म आए भने
बिन्ती गर्नु छैन भगवान संग
थाहा दिनु हुदैन आफ्नाहरुलाई
किनकि
थाहा पाए छन् भने आफ्नाहरुले
सुखलाई परै रोकेर
आगन सम्म
समस्याहरु भरिएको
गरुङ्गो सन्दूक पठाइ दिन्छन्
जुनकीरीको उज्यालो फुकालेर
जुनकीरी पनि पठाउ छन्
सुखमा नभरिने
रित्तो प्याला पठाउ छन्
त्यसैले अब आउनु छ भने
आफ्नाहरु जस्तै सुटुक्क आउनु
उज्यालो फुकालिएको
जुनकीरी जसरी
हर मौसम वर्षी रहने
आँसु जस्तै
सुखमा रित्तो हुने चाक्लो डोको भएर
पुग्न नबिर्सनु
आगनमा जुनकीरीका
अध्यारा पुग्नेबेला।।

-दीर्घ बहादुर शाही (डोक्काघरे)

-दीर्घ बहादुर शाही (डोक्काघरे)