दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ परेका छन्।
घटनामा एक जना फरार छन्।
तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका २४ वर्षीय ओम चौधरी, २२ वर्षीय राजेन्द्र चौधरी सामूहिक बलात्कार आरोपमा पक्राउ परेका हुन्।
सोही ठाउँका अन्दाजी २५ वर्षीय राजेश चौधरी फरार छन्।
उनीहरूमाथि १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप छ।
पक्राउ परेका ओम पढ्दै छन् भने राजेन्द्र ट्याक्टर चालक हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार ओम १९ वर्षीया किशोरीसँग प्रेम सम्बन्धमा थिए।
ओमले प्रेम विवाह गर्ने भनेर प्रेमिकालाई जेठ ५ गते रातमा भेट्न बोलाएका थिए। उनले गाउँकै राजेश र राजेन्द्रलाई सँगै लगेका थिए।
किशोरीको घरभन्दा पर एकान्तमा रहेको खेतमा उनीहरूबीच भेट भएको थियो। ओमले किशोरीलाई भगाएर त्यही रात आफ्नो घर लैजाने भनेका थिए।
तर खेतमै उनले शारीरिक सम्बन्धका लागि ओमले किशोरीलाई करकाप र आश्वासन दिएका थिए। बाध्य भएर किशोरी तयार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी बोहराले बताए।
ओमका साथीहरू किशोरीले नदेख्ने गरी अलि टाढा बसेका थिए।
ओमले आफैले उनीहरूलाई बोलाएपछि उनीहरू दुवै पनि आएर किशोरी डर डम्की र त्रास देखाएर पालै पालो बलात्कार गरेका थिए।
सामूहिक बलात्कारपछि किशोरीलाई त्यहीँ छाडेर तीनै जना घर फर्किएको प्रहरीले जनाएको छ।
घटनाको दोस्रो दिन बिहान पीडित किशोरीले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर सामुहिक बलात्कारमा संलग्न तीनै जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
जोहरी परेलगत्तै प्रहरीले आरोपीमध्ये दुई जनालाई पक्राउ गरेको थियो।
फरार भएका एक जनाको खोजी भइरहेको छ।
पक्राउ परेका दुई जनालाई अदालत बाट म्याद थप भइ ‘जबरजस्ती सामुहिक करणी’ शिर्षकमा मुद्दा चालउने गरि अनुसन्धान जारी रहेको इप्रका तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले बताए ।


