खु्मलटारको निर्णय : अध्यादेश फिर्ता नगरे ओलीबिरुद्ध कडा कदम चालिने

३० मंसिर, काठमाडौं । आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गोप्य बैठक बसेको उच्च स्रोतले बताएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा नसोधेर आफुखुकी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर ओलीप्रति आक्रमण देखिएका प्रचण्ड र माधव समूहको बैठकले ओलीविरुद्ध कडा कदम चाल्ने सहमति जुटाएको छ । पार्टीमा छलफल नै नगरी ल्याइएको अध्यादेश तत्काल फिर्ता नगरिए ओलीविरुद्ध पार्टीको बहुमतबाट कारवाहीसम्म गर्ने रणनीति बनाएको बुझिएको छ ।

आज बसेको खुमलटार बैठकले ओलीको एकलौटी निर्णय मान्य नहुने निर्णय समेत गरेको छ । बैठकले ओलीको एकलौटी निर्णय अस्वीकार गर्ने निर्णय लिएको छ’, वरिष्ठ नेता झलनाथ खनालका अनुसार ’कार्यकारी अध्यक्ष, स्थायी कमिटी र केन्द्रीय कमिटी कसैलाई थाहा नै नदिई ल्याएको अध्यादेशबारे थाहा छैन । यस्तो आचर्यलाग्दो तरिकाले अध्यादेश ल्याउनुको कारण के हो ? हामीलाई यो कुरा मान्य हुँदैन ।’

वरिष्ठ नेता खनालले आफ्नै पार्टीको सरकारले यति ठूलो निर्णय लिँदा कोही कसैलाई पनि थाहा नदिएको ले आफूहरु आक्रोसित भएको बताएका छन् । भोलि स्थायी कमिटी बैठक बस्दैछ । बाँकी कुरा त्यहीँ हुन्छ, यसरी पार्टी सञ्चालनमा समस्या आउँछ ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूसहित तीनजना सदस्य जुटेर संवैधानिक परिषद्को बैठक बस्ने प्रावधानसहित अध्यादेश ल्याएपछि प्रचण्ड(नेपाल समूह बहुमत सचिवालय सदस्यसहित रणनीति बनाउन जुटेका हुन् ।

सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरु खुमलटारमा पुगेर बैठक बसेका थिए ।