मुलाकात बेइमान बन्दै
टाढा पुगेको छ
बिस्तारै एकपछि अर्को गर्दै
दिनानुदिन पर पुग्छन
मुलाकातको बस्ती बाट
यसरी छुट्दै छुट्दै
जान थालेपछि
बनाउनु छ तारे भिरमा तारे बस्ती
बसाल्नु छ बेइमान छिमेकी
सुनाइ रहनु छ छोडी जाने
तारे मुलाकातको दन्ते कथा
समाल्न कठिन छ
उधारो उपदेश
मफतका सल्लाह सुझाव
बेचैनी माया ममता र स्नेह
यति हुदाहुदै
अग्लो पुगाइको साइत सकेर
तारे भिरको तारे बस्तीमा पुगे भने
जोड्नु छैन हतारमा भाग्ने
मुलाकात
माग्नु छैन बेचैनी माया
फुलाउनु छैन पहेँलो फुल
आगनको बारीमा
बसाल्नु छैन सिउदोको छिमेकमा
सजाउनु छैन
शिरीष फुल बस्ने चौतारो
मरुभूमिमा बालुवा उमार्न
बालुवा खन्दाखन्दै नसकिदो रहेछ
मुलाकातको बसन्त उमार्न
फरफरे पालुवा नओइलियोस भन्दै
गरम छानोमा पुस राखेर
चिसो खोज्नु पर्दोरहेछ
पुसमा बसन्तको न्यानो टिप्न्न
बसन्त सार्नु पर्दोरहेछ
किनकि टाढाको बसन्तले
मुलाकात भन्दा
बेमेल औधी करिब मान्दो रहेछ।।
-दीर्घ बहादुर शाही (डोक्काघरे)

