राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ।
पार्टी निर्वाचन आयोग उपप्रमुख राम गुरूङका अनुसार जेठ ७ गतेदेखि १५ गतेसम्म ७७ जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यसूची छ।
जेठ ७ देखि १० गतेसम्म आधिकारिक परिपत्र तथा माइन्युटको प्रतिलीपी पठाउन निर्वाचन आयोगलाई निर्देशन दिइएको गुरूङले बताएका छन्।
जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यसूची छ। त्यस्तै जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने, असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेस गर्ने कार्यतालिका छ।
असार ५ गतेभित्र इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल गरिने गुरूङले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

