काठमाडौं । एसियन गेम क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान तोकेको छ । क्यानले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेकाे हो ।
टोलीमा दीपेन्द्र कप्तान भए पनि रोहित पनि छन् । उनीहरुबाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन् ।
एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ । नेपालले मे ३१ बिहान ७ः १५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ । क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन् । अर्को समूहमा सिंगापुर, ओमान, हङकङ र बहरेन छन् ।

