टाल्नु छ
कुमाले दाइको हाँडी
बाल्नु पर्नेछ लोहार दाइको आरन
धार लगानु छ खिया बसेको हँसिया
काट्नु छ बुढा बैगुन जति
रोप्नु छ महक खुस्बु दिने
बुकिफुलका बोटहरु
चढेर बग्गी सवार
कुद्नु पनि छ
एक जोर पैतालाको साथ
मुग्लान सम्मको यात्रामा
रेशमी धागोको जामा बुनेर
फर्किनु छ आफ्नै गाउँ
बाड्नु छ सद्भावका मुठा
फलाउनु छ सम्बन्धका थैला
खन्नु छ चाक्लो आउत
छर्नु छ आत्मीयताका बीउ
उमारेर आफन्तलाई
दिनु छ एक एक फाको रहर
भोका कोल्थाहरुलाई
भोकको सन्दूक भर्न
फेरि कोदालो बनाउनु छ
ताछ्नु छ हलो
खनेर मानु छर्दै मुरी भर्नु छ
अर्को वर्ष कोल्थाहरुलाई
भोका नराख्न
किनकि कोल्थाहरु
भोकभोकै बसे भने
कुमाल दाइको हाँडी हड्दैन
लोहार दाइको आरनले खिया फाल्दैन
हँसिया बर्ता तरुनो बनेन भने
बुढा बैगुनहरु काटिन मान्दैनन्
बैगुनहरु काट्न बर्ता तरुनो बनाउनु छ
लोहार दाइको आरनले
खिया बसेको वृद्ध हँसिया।।–दीर्घ बहादुर शाही (डोक्काघरे)

