कविता
छोराले बंश धान्छ भन्ने आमाहरु,
छोरीलाई चिर्न थाल्छन तिनै आमाहरु ।
मारेपनि, पालेपनि पुन्य देख्ने तिनै छोरा, ति आमाहरु ।
छोरीले नाङ्गिएर सेवा गरे पनि नदेख्ने ति आमाहरु ।
तेहि कोखका छोरा तिन्लाई बढी मुल्यवान ।
तेहि कोखका छोरीलाई पार्छन अलमल ।
तिनै छोरा, नाति, बुहारी सङ किनेर खान्छिन, बस्छिन ।
त्यति हुँदा पनि उनले छोरीकै कुरा काट्छिन् ।
छोरीलाई अझैं पनि छ्ड्के आँखा हेर्छिन ।
यती हुँदा पनि थाहा नपाउने आमा पागल बन्छिन ।
कति माया छोरा नाति सम्पतिको डर ।
कती हेला छोरीलाई, छैन बराबर ।