कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु

१३ कात्तिक, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ७, भक्तपुर र मोरङका २–२ तथा झापा, सुनसरी, चितवन, दोलखा, सिराहा, सप्तरी, नवलपुर, कास्की, पर्वत र कैलालीका १–१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् ।

असन, काठमाडौंकी ४९ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप, थाइराइड र मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मुटुमा समस्या भएपछि २७ गते अस्पताल भर्ना भएकी थिइन् ।

घट्टेकुलो, काठमाडौंका ८६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

सीतापाइला, काठमाडौंका ८५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वास र मुुटुको समस्या लिएर ६ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

न्यूरोड, काठमाडौंका १०० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट र मिर्गौलासम्बन्धी समस्या भएका उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ९ गते अस्पताल भर्ना भएका थिए ।

रानीवन, काठमाडौंका ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनी श्वासप्रश्वास र मुटुको समस्या लिएर २८ असोजमा अस्पताल भर्ना भएका थिए ।
चन्द्रगिरी, काठमाडौंका ६२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वास र मुटुको समस्या भएर बुधबार अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए ।

लाजिम्पाट, काठमाडौंका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भभएको छ । निमोनिया र शक भएर २९ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो ।

भक्तपुरका ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मधुमेह, प्रोस्टेट र डिमेन्सियाका बिरामी समेत रहेका उनलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया भएर ८ गते अस्पताल भर्ना भएका थिए ।

भक्तपुरका ५६ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । २ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र शक भएर ४ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह र मिर्गौलासम्बन्धी समस्या समेत थियो ।

विराटनगर महानगरपालिका–७, मोरङकी ४५ वर्षीय महिलाको बुधबार राति न्यूरो अस्पतालमा मृत्यु भएको छ । ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएका उनी ७ गते अस्पताल भर्ना भएकी थिइन् ।

विराटनगर(३, मोरङका ६५ वर्षीय पुरुषको बिहीबार दिउँसो न्यूरो अस्पतालमा मृत्यु भएको छ । २९ असोजमा कोरोना पोजेटिभ देखिएको उनी ३ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

सुरुङगा नगरपालिका– ३, झापाका पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बिहीबार विहान मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–१२, सुनसरीकी ७५ वर्षीया महिलाको विराट नर्सिङहोममा मृत्यु भएको छ । उनी ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् भने ९ गते कोरोना पोजेटिभ देखिएको थियो ।

खैरहनी, चितवनका ७३ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया भएर २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोलखाका ३० वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । कलेजोको समस्या लिएर ४ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह, प्रोस्टेट र डिमेन्सियाका समेत बिरामी थिए ।

सुखीपुर नगरपालिका–८, सिराहाका ७० वर्षीय पुरूषको बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । उनी ज्वरो र रुघाखोकी लागेर सास फेर्न कठिन भएपछि ३ कात्तिकमा अस्पताल भर्ना भएका थिए भने ४ गते संक्रमण पुष्टि भएको थियो ।

मौली– ५, सप्तरीका ६० वर्षीय पुरुषको बिहीबार सप्तरीको मृत्यु भएको छ । ११ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गैंडाकोट–२, नवलपुरका ५४ वर्षीय पुरुषको मंगलबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१३, कास्कीकी ३६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।
कुश्मा नगरपालिका–६, पर्वतका ५५ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखरामा मृत्यु भएको छ । १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा कोभिड निमोनियाका साथै हाइपरटेन्स र रेस्पेरेटरी फेलियरको समस्या थियो ।

धनगढी उपमहानगरपालिका–२, कैलालीकी ५७ वर्षीया महिलाको बिहीबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १० कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।