Breaking News

कयौं वर्षहरु बिते

उहिले
औधी जवान लाग्ने
प्यारा गालीहरु अचेल बुढा
भइ सके होलान् है
आगनमा खेल्दा जहिले
आगन सम्म आउथे
गिट्टी बल संग खेल्थे
कबटी डण्डिबियो
जुराबको बच्चो बल पनि
एउटै आगनमा खेल्थे
कयौं वर्षहरु बिते
वर्षौं भयो त्यही बाटो हिडेको
खासै
उहिले जवान देखिने गालीहरु
अचेल कतै भेटिन्न
बरु एक आपसका भलाकुसारी
भेटिन्छ बुढा पैतालाहरु
खेलेको पनि थाहा हुदैन
जवान डण्डिबियो र गिट्टी बलहरुले
बन्नु छ सधैं जवान देखिने गाली
खेली रहनु पनि छ
जवान गिट्टी बलहरु
फुलेर बस्नु छ अग्लो भिरमा
कसैको शिरमा उभि रमाउनु छ
सयपत्रीको सिउदोमा
छर्नु छ सुवासको इन्द्रेणी
पठाउनु छ घामका लाखौं किरण
जवान भएर खेल्नु छ
जवान आगनमा
डण्डिबियो र गिट्टी बल जसरी।।

दीर्घ बहादुर शाही “डोक्काघरे”