बामे सर्ने हुँदै
बाल सखाको पुगाइमा
बेगन्ती बैसाखी भेटिन्छन्
छुटिन्छन् बिचैमा
कतिपय सोधेर छुटिन्छन्
आधी नसोधी छुट्छन
तर कहिल्यै नसोधी
पर सम्म पुग्ने
उहीँ छाया पो रहेछ
सोधिनु छैन भाग्नलाई
रोकिनु छैन कसैले सोध्ने गरी
भेटिनु छ संगै हुने भएर
दौडिनु पनि छ धेरै वेगमा
लम्बा रेसको तक्मा जित्न
भेटाउनलाई अग्लो चुचुरो
चुचुरो छोप्दाचोप्दै
भेटिएन छ भने अग्लो पदक
फेरी सहभागी बनी
बेगन्ती माइलको प्रतियोगितामा
जितेछु भने अग्लो रेस
पुगेछु भने पहेँलो तक्मा
समात्ने स्थान सम्म
फर्किदै मुस्कानले भनुला
पाइलै पिच्छे भेटिने
बैसाखीहरुलाई।।
-दीर्घ बहादुर शाही (डोक्काघरे)

