Breaking News

बागमतीमा शैलेन्द्रमान बज्रचार्य भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

काठमाडौं । प्रदेश सरकारको सत्ता सचालनमा फेरबदलमा नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमतीमा हाम्रो नेपाली पार्टी का शैलेन्द्रमान बज्रचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका छन््। हानेपालाई सरकारमा सहभागी गराएका हुन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन् ।

हानेपा कांग्रेस नेतृत्वको सरकारमा सामेल भएसँगै एमाले र नेकपालाई अर्को चुनौती आइपरेको छ ।

एमाले र नेकपाको गठबन्धनलाई राप्रपाले समर्थन नगरे हानेपासँग गठबन्धन गर्ने तयारी गरेका थिए । तर, हानेपा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको हो । प्रदेशसभामा हानेपाका २ सांसद छन् । हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन चाहिन्छ ।