Breaking News

देउवा पक्षयले दिएकोे पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतका तीन न्यायाधीशले अध्ययन गर्ने

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको सर्वोच्च अदालतको निर्णय विरुद्ध पुनरा देउवा पक्षियले दिएकोे पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतका तीन न्यायाधीशले अध्ययन गर्ने भएका छन् ।

निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो ।

पूर्ण इजलासले सुनुवाई नगरी चेम्बर (न्यायाधीशहरूको कार्यकक्ष) मा बसेर निवेदनको अध्ययन गरी पुनरावलोकनको अनुमति हुने वा नहुने भनी आदेश
गर्नेछ ।

कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र पूरानो कार्यसमितिको तर्फबाट तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले देउवा र खड्काको निवेदनमाथि निस्सा हुने आदेश गरेमा तीन सदस्यिय पूर्ण इजलासले फेरि शुरुदेखि मुद्दाको सुनुवाई गर्नेछ । निस्सा नहुने आदेश गरेमा सर्वोच्च अदालतले यसअघि नै टुंग्याएको निर्णय अन्तिम हुनेछ ।