Breaking News

म हेरिरहेँ

हरेक दिन बिहान आयो
अनि लगत्तै साझ आयो
त्यसैगरी वर्ष दिन बित्यो
त्यही आगनमा फेरि एक तिहार आयो
सयपत्री फुलहरु पनि आए
मार्सी धान पनि झुल्यो
रातो टिका र जमरा पनि
आगन वरिपरि खेलिरहे
कतै देखिन सखारै बास्ने
चराचुरुङ्गी जस्तै नातिनातिना आएको
ठुलो अम्बाको रुखमा एक जोडी
काग जहिले रैबार ल्याएर बस्थ्यो
तर
शान्तिको सबग बोकेर
आउने परेवालाई बोलाएन
परार साल आगन उज्यालो गर्छु भनेर
मुग्लान छिरेको एक थान दियो
यो वर्ष पनि चाडबाडमा घर फर्केन
खुसिका स-साना मुठाहरु
पोको पार्दै एक डालो भरी गरेर
दुस्खदको सन्दूक संग वर्षौभरिका
कयौं भलाकुसारी संगै बसेर बाडौन भन्दा
रातहरु उज्याला भैदिन्छन्
त्यसपछि पठाउला रैबार
कोहि फर्कलान नफर्कलान
प्रिय बेइमान दुखहरु
अर्को वर्ष तिमी छिट्टै फर्किनु है
म यसैगरी बाटो कुरि बस्ने छु
तिमी आउने जहिलेको
तिहारमा !!

-डोक्काघरे