Breaking News

कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै फोन गर्न सकिने

अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने भएको छ।

यी निकायबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपरेको कार्य नगरे, नगर्नु परेको कार्य गरे वा अनुचित कार्यको लागि दबाब दिएको वा घुस तथा रिसवत माग गरेको लगायतका कुनैपनि प्रकारका ढिलासुस्ति वा सेवा प्रवाहमा कठिनाई भए सम्पर्क गर्न भनिएको हो।

अर्थमन्त्री खनालको इमेल rameshore@mof.gov.np, मन्त्रालयको इमेल gunaso@mof.gov.np र हटलाइन १८१०५०००४०१ मा सम्पर्क गर्न भनिएको छ।

उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई समेत सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।