यो कुरो अत्यन्तै रोचक र वास्तविक छ कि देश बेचुवाहरुले देशको संरक्षण गर्नेछन् ,राष्ट्रको संरक्षण गर्नेछन् , राष्ट्रियताको संरक्षण गर्नेछन् , देशको माया गर्नेछन् , राष्ट्रको प्रबर्द्धन गर्नेछन् भनेर विश्वास गर्नु भनेको ” दुधको संरक्षक बिरालो ” लाई बनाउनु जस्तै हो ।
दुधको मालिकले घरमा बिरालोलाई संरक्षक राखेर बाहिर काममा गएर पुनः फर्केर घर भित्र पस्दा चुल्होको नजिकै राखिएको दुधको क्राही पाउँछ, त्यस्तै गरी नेपाली जनताले लामो इतिहास देखि नै नेपालका नेताहरुलाई सिंगो नेपालको जिम्मा दिदै आउँदा , मुलुकको सम्पूर्ण संरक्षण र विकास तथा प्रबर्द्धनको जिम्मा दिदै आउँदा , प्रत्येक चुनावहरुमा उनैलाई नै विश्वास गरेर डोकाको भोट खन्याई दिएर सरकारमा आखिर नेपाली जनताले नेपाल राष्ट्रको , नेपाली राष्ट्रियताको , देशको सिमा सुरक्षाको सवालमा , सिमामा रहेको नेपाली भूमिको संरक्षणका सवालमा त्यही बिरालोलाई दुधको संरक्षक रहेर घर बाहिर गएको व्यक्तिले पुनः घर भित्र फर्के पछि दुधको जुन अवस्था पाउँछ र नराम्ररी पछुताउछ , त्यस्तै नेपाली जनताले आफ्नो राष्ट्रिय स्वाधीनताको सवालमा , सिमाना सुरक्षाका सवालमा त्यही हबिगत भोग्दै आएका छन् ।
बार-बार नेपाली जनताले राष्ट्रघाती , देशद्रोही , देश बेचुवा नेताहरुलाई भूलबस विश्वास गरिरहँदा आफ्नो प्यारो मातृभूमि गुमाउनु परेको छ , आफ्नै देशका सिमानाको भूमि गुमाउनु परेको छ ।
नेपाली जनताले आफ्नो भूमि ,आफ्नो राष्ट्रिय अस्मिता गुमाउन थालेको इतिहास ज्यादै लामो छ । सन १८१६ को बृटिश – भारतबिच सम्पन्न भएको असमान सुगौली सन्धि देखि नेपाल उपनिवशिक अवस्थामा प्रवेश गरेको हो ।
नेपालका नेताहरुलाई सिंगो नेपालको जिम्मा दिदै आउँदा , मुलुकको सम्पूर्ण संरक्षण र विकास तथा प्रबर्द्धनको जिम्मा दिदै आउँदा , प्रत्येक चुनावहरुमा उनैलाई नै विश्वास गरेर डोकाको भोट खन्याई दिएर सरकारमा आखिर नेपाली जनताले नेपाल राष्ट्रको , नेपाली राष्ट्रियताको , देशको सिमा सुरक्षाको सवालमा , सिमामा रहेको नेपाली भूमिको संरक्षणका सवालमा त्यही बिरालोलाई दुधको संरक्षक रहेर घर बाहिर गएको व्यक्तिले पुनः घर भित्र फर्के पछि दुधको जुन अवस्था पाउँछ र नराम्ररी पछुताउछ ।
राष्ट्रघाती सुगौली सन्धि बाट हामी नेपालीले पूर्वको किल्ला टिस्टादेखि पश्चिम किल्ला काँगडासम्म तराईको विशाल भूमि गुमाउन बाध्य भयौ ।
सन १९४७ मा बेलायती साम्राज्यवाद भारतबाट पलायन भए पश्चात् भारतले त्यसको ठाउँ लियो ।त्यस पछि भारतले विस्तारवादी नीति लियो । र , दक्षिण एशियाका अरु साना राष्ट्रहरुमाथि थिचोमिचो गर्ने , होचो हेलो गर्ने , सिमाना मिच्ने , अर्काको सिमा अतिक्रमण गर्ने , आन्तरिक रुपमन खिचलो मच्चाई दिने , झगडा पारिदिने , पार्टीहरु फुटाई दिने , आफ्ना दलालहरु खडा गर्ने , भारतीय विस्तारवादको नोकर , चाकर , दास, खेतालाहरु , हलिहरु तयार पारेर आफ्नो अनुकूलको सरकार बनाई दिने र भारतीय विस्तारवादी वर्ग र शासकहरुकोो योजना , सल्लाह र निर्देशनमा नचल्ने , भारतीय विस्तारवादको ग्राण्डडिजाईनमा नचल्ने पार्टी र त्यसको सरकारलाई अपदस्त गरेर आफ्नो दलाल सरकार बनाई दिने र नेपालको प्राकृतिक साधन , श्रोत,सम्पदामाथि दोहन गर्दै आएको छ र जुन जुन बेला नेपालमा प्राकृतिक तथा मानवीय समस्या उत्पन्न भएको मौका छोपेर नाकाबन्दी गरेर नेपाली जनतालाई अप्ठ्यारो पार्दै आएको छ ।
प्रथम राणा प्रधानमन्त्री जंगबहनदुर राणादेखि आजसम्म हाम्रो देश नेपालमा शासकहरु बृटिस – भारत हुदै सन १९४७ भारतीय विस्तारवादका गुलाम बनेर सत्तामा पुग्ने र सत्तामा टिकिरहनका लागि देशलाई बन्दकिमा राख्दै आएका छन्
सन १९५० जुलाई ३१ का दिन आफ्नो मख्खिएको सत्ता टिकाउनका लागि राणा शासकहरुले नेपाल र भारतकाबिचमा सअसमान तथा अपमानजनक सन ५० सन्धि गरियो । त्यस पछि नेपाल झनै भारतीय विस्तारवादको गुलामहरुको देश बन्न पुग्यो र अहिलेसम्म त्यो अवस्था कायमै छ ।
सत्तामा टिकिरहन कै निम्ति भनेर तत्कालीन देश बेचुवा नेपाली कांग्रेसको सरकारले बि.स.२०११ साल कार्तिक १४ गते ( सन १९५० अक्टोबर ३० तारिख ) का दिन राष्ट्रघाती कोसी संझौता गरिएको थियो ।
सरकारमा टिकिरहनका लागि नेपाली कांग्रेसको विशेश्वर प्रसाद कोइरालाको भारतीय विस्तारवादी सरकारले बि. सं. २०१६ साल मंसिर १६ गते राष्ट्रघाती गण्डक संझौता गरिएको थियो ।
सत्तामा टिकीरहनका निम्ति तत्कालीन देश बेचुवा , भारतीय दलाल नेपाली कांग्रेस र एमालेले बि. सं. २०५३ असोज ४ मध्य रातमा संसदको दुई तिहाई बहुमतबाट पारित गरेर सित्तैमा कांग्रेस–एमालेले भारतलाई बेचेका थिए । त्यस पछि कांग्रेस–एमाले मिलेर अपरकर्णाली भारतलाई बेचिरहेका छन् । अरुण तेस्रो जलविद्युत परियोजना भारतीय विस्तारवादी शासकहरुलाई सुम्पि सकेका छन् ।
भारतीय विस्तारवादले नेपालको पूर्वी सिमाना झापाको पशुपति नगर , मानेभञ्ज्याङ , सुस्ता हुदै सुदूर पश्चिमको कञ्चनपुरसम्म ७१ स्थानमा ६० हजार भन्दा बढी जमिन भारतीय विस्तारवादले अतिक्रमण गरेर हडप्दासम्म, काला पानी , लिपुलेक र लिम्पियाधुरा समेतको ३८२ वर्ग्किलोमिटर भूमि अतिक्रमण गरेर काला पानीमा ५९ वर्षदेखि भारतीय सेना तैनाथ गरिरहँदासम्म ।
भारतीय दलाल तथा देश बेचुवाहरुले कोसी , गण्डकी , महाकाली लगायतका नदी नालाहरुसित गरेको राष्ट्र घातका बारेमा कमिकम्जोरी गरेकोमा एक शब्द पनि आत्म आलोचना गर्ने हिम्मत देश बेचुवा दलाल हरुले गर्न सकिरहेका छैनन् ।
नेपाल–भारत बिचका सिमाका सैयौ जंगे पिलरहरु भारतीयहरुले उखेल्ने , फाल्ने , गायव गर्दासम्म र लिपुलेक हुदै तिब्बतको मानसोवरसम्म पुग्ने बाटो खनिसक्दा सम्म थाहै नपाएको , सुन्दौ नसुनेको झै गरेर दुश बेचुवाहरु चुप्प लागेर बसिरहे । जनता र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले विरोध गरेर पछि नयाँ नक्सा छापे पछि छाती फुल्यार हिड्ने गरेको छ ।
भारतीय दलाल तथा देश बेचुवाहरुले कोसी , गण्डकी , महाकाली लगायतका नदी नालाहरुसित गरेको राष्ट्र घातका बारेमा कमिकम्जोरी गरेकोमा एक शब्द पनि आत्म आलोचना गर्ने हिम्मत देश बेचुवा दलाल हरुले गर्न सकिरहेका छैनन् ।
महाकाली नदी सित्तैमा भारतलाई बेचेर खाने केपी शर्मा ओली, शेर बहादुर देउवा , माधवकुमार नेपाल जस्ता भारतीय दलालहरु पनि कांत्तिबाट राष्ट्रवादी हुन्थिए र देशको राष्ट्रियताको संरक्षण र सम्बर्द्धन गर्थे । ” दुधको साक्षी बिराला ” हरुले विचरा !
(लेखक :अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रका अध्यक्ष हुन )