माईतीघरमा दलित युवामाथि प्रहरीको लाठी र बरबर दमन

काठमाडौं,जेठ १८ । यही जेठ १० रुकुम पश्चिममा मल्ल ठकुरीकी छोरी दलित वि.क. को छोराबीच भएको प्रेम कहानीको जातीय नरसंहारबाट ६ जनाको भएको विरोधमा आज काठमाण्डौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका संयुक्त दलित संघर्षको कार्यक्रम माथि प्रहरीले निर्मम तरिकाले दमन गरी लाट्ठी चार्ज गरेको छ ।

आज दिउँसो माइतीघर मण्डलामा दलित संघर्ष समितिले रुकुम पश्चिमको घटना घटनाउने दोषीलाई हदैसम्मको कारवाही र पिडकका परिवारलाई क्षतिपुर्तिको लागि भनेर गरेको विरोध प्रदर्शनमाथि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरी संयुक्त दलित संघर्ष समितिका नेता तथा नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चाका ३ नं.प्रदेश संयोजक टेकबहादुर विक लगायत ४ जना दलित नेताहरु सख्त घाइते भएका छन् ।

अहिले घाइतेहरुको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको एक मजदुर नेता बसन्त बोगटीले जानकारी दिएका छन् ।

रुकुम पश्चिम चौरजहारी हत्याकाण्डका हत्याराहरुलाई कारबाही गर, मृत्कको परिवारलाई क्षतिपूर्ति दे जस्ता नारा लगाउँदै सडक प्रदर्शनमा उत्रिएका दलित आन्दोलनका नेता कार्यकर्ताहरुको बिरोध कार्यक्रममा प्रहरीले पानीका फोरा र लाट्ठीका लाट्ठी बर्साएको थियो ।

प्रहरीको चेतावनी र दमनपछि पनि आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेपछि प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गर्नुका साथै पानीको फोहोरा फयाक्दै लखेटेर कुटेको
थियो ।

आजको माईतीघर मण्डलामा भएको संयुक्त दलित संघर्ष समितिको कार्यक्रममाथि प्रहरीको दमनलाई चौतर्फी रुपमा विरोध र भन्र्सना गरिएको छ ।