आजको पछिल्लो २४ घन्टामा १६६ जनामा कोरोना संक्रमित पुृष्टि

१८ जेठ, काठमाडौं । आज आइतबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिदै पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएको बताएका छन् ।

आज संक्रमित भएकाहरुमा १६२ जना पुरुष र ४ जना महिला छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।