Breaking News

पालिका अध्यक्ष बेखबर हुँदा मजदुर र बिद्यार्थीको काठमाण्डौमा बिजोग

२० बैशाख काठमाडौ । कोरोना भाइरसको काराणले लकडाउन हुँदा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको स्वमिकर्तिक खापर गाउँपालिकाले अहिले सम्म उचित राहतको व्यवस्थापन गरेर दिन सकेको छैन । गाउँपालिकाको कार्य समिति बैठक पटक–पटक बसे पनि आजसम्म त्यस बारेमा कुनै निर्णय गर्न सकेको छैन । पालिकाका जनप्रतिनिधिहरुले पालिकाको बैठक जस्तो नगरेर पार्टीको बैठक जस्तो गरी निर्णय गरिहेको बुझिएको छ । त्यस बारेमा पालिकाका एक विद्यार्थी सँग हामीले बुझ्दा उनले भने, स्थानीय सरकार कार्यालय नभएर त्यो त नेकपाको कार्यालय जस्तै बनाएर पालिका चलाएको बताएका छन् । राहत वितरण गर्नेको नामलिस्ट हेर्दा हामीले त्यस्तै भान गरेको बताए । उनी अगाडी भन्छन्, तपाईलाई विश्वस लाग्दैन भने एक पटक नाम लिस्ट हेर्नु होला भनि आग्रह पनि गरे । मैले बुझे र लिष्ट हेरे अनुसार नेकपाका कार्यकर्ता बाहेक अरूको त्यो लिस्टमा नामै देखिदैन । अनि हामीले स्थानीय सरकार कसको रहेछ भनेर बुझ्ने ? जनताको की नेकपाको ? त्यसलाई स्थानीय सरकार भन्ने की ? नेकपाको पार्टी कार्यालय भन्ने ? हामी पनि त्यो गाउँपालिकाको बासिन्दा होइन र ? हामी पनि त्यही पालिकाको काठमाडौंमा पढ्ने विद्यार्थी होइन र ? त्यसैले हाम्रो स्वमीकार्तिक खापर गाउँपालिका नेकपाको पार्टी कार्यालय जस्तै भएको उनले आक्रोस पोखे । उनी आक्रोस मै भन्दै थिए, काठमाडौंमा हामी अहिले सम्म अलपत्र परेर घर जान नपाएर रोकिएका छौं तर अहिलेसम्म कसैले पनि सुनुवाई गरेका छैनन् । त्यसैले राहत नेकपाका कार्याकतालाई मात्र पठाएको हो की जस्तो पनि लागेको छ । त्यसमा पनि हामीहरूलाई अहिले सम्म कुनै खबर नै छैन ।
त्यस्तै सिन्धुपाल्चोकमा मजदुरी गर्दै आएका तर लकडाउनका कारण काठमाण्डौंको सुन्धारा गेष्टहाउमा रोकिएर बस्न विवस भएका मान रोकायाको झनै बिजोग र आक्रोस त्यस्तै छ । उनले हामीसँग भेटका क्रममा भने, सिन्धुपाल्चोकबाट काठमाडौ सम्म हिडेर आए अहिले सुन्धाराको एक होटेलमा जेनतेन बसेको छु । म सँग भएको ३० हजार रुपैयाँ समेत सकियो अव केही पनि छैन, शरीरमा लगाउने लुगा पनि छैन, आजबाट त होटले साहुले पनि अब खान, बस्न दिन सकिदैन, कि रुपैयाँ ल्याऊ हैन भने बाटो लाग भनेको छ त्यसैले जे हुन्छ त्यही टर्छ भनेर होटल पनि छोड्न लागेको पिडा हामीसँग पोखेका छन् । उनी अगाडी भन्छन्, गाउँपालिका अध्यक्षलाई सयौ पटक फोन गरिसके फोन उठ्दैन, पालिका कार्यकारीलाई पनि फोन गरे त्यो पनि उठ्दैन भनेर भन्दै थिए । त्यसैले म अब बबारिसे भएँ । मेरो उद्दार गर्नु पर्यो म अलपत्र परे खान, बस्नको ठेगान छैन् भनेर गुनासो हामीसँग पोख्दै थिए । साथै उनी अगाडी भन्छन्, पालिका अध्यक्षले केही समय अघि फोन उठाउँदा तेरो मैले ठेक्का लिएको छुर भन्दै फोन राखे । त्यसपछि मेरो फोन रिसिप नै हुँदैन । त्यस पछि मैले गाउँपालिकाका सुचना अधिकृत कुमेर शाहीलाई पनि फोन गरेर भने मलाई काठमाण्डौ बाट उद्दार गर्नु पर्यो भनेर समस्या राख्दा सूचना अधिकृतले उल्टै के नै गर्ने होर तँ जस्तोले भन्दै फोनमा धम्काए । अब त गाउँपालिकामा जनताको काम गर्न होइन , मलाई त गुडागर्दी गर्न बसे जस्तो लाग्यो । उनीहरूले मलाई थर्काएको रबैयाले । हामी गरिबहरू लाई साथ दिने कोही नै हुन्छन् र ? उनी आक्रोस हँुदै भन्दैछन्, फेरि पनि चुनाव आउने हो, त्यति बेला तिनिहरूले देखाको व्यवहार हामी पनि त्यति बेला देखाउला नि ?
सरकारले देशै भरिरहेका र अलपत्र परेका नागरिकको लागि राहत प्याकेज घोषणा गरेको भन्दा सुनेको छु, तर मैले अहिले सम्म कहीँ कतैबाट राहत पाको पनि छैन भन्दै उनले भने हुनत हामीलाई यता कसले पो राहात दिन्छ र ? आफ्नै गाउँपालिकाका अध्यक्षलाई फोन गर्दा त कुनै सुवाई हुदैन भने अरू कसले हाम्रो सुनुवाई गर्छ भन्दै गुनासो सुनाए हामीलाई । पालिका अध्यक्षलाई फोन गरेर म बिरामी छु, त्यसमा पनि मजदुर हुँ भनेर भन्दा उल्टै बिरामी भए बिरामी पुर्जा लिएर मात्र आउनु, मजदुर भए मजदुरीको परिचय देखए मात्र राहत र औषधि उपचार पाइन्छ भनेर प्रतिप्रश्न गर्दै आफ्नो फोन बाटेको गुनासो सुनाए । म कसरी मजदुरी सिफारिस र बिरामी पुर्जि
देखाऊ । कामबाट फर्केको एक महिना भयो कहाँ बाट सिफारिस र पुर्जा बनाएर देखाउने भनेर दुखेसो पोखे ।
हामीले सुन्धाराको छेउमै उनीसँग करिब एक घन्टा बस्दा उनी भन्छन्, पैसा नभएर अस्पताल जान पाएको छैन् । कताबाट ल्याउनु बिरामी पुर्जा । अब तपाई भनुहोस् मैले खाना नखाएर मर्नु पर्ने हो त ? उनीहरूका कार्यकर्ता भए केही नचाहिने तर हामी सर्वसाधारण जनतालाई यो चाहियो, त्यो चाहियो भन्दै भुलाउने । अब हामीलाई पनि थाहा छ अर्को निर्वाचन पनि आउला नि ? अहिले गाउँपालिकामा मनोमानी गरेर चरम भ्रष्टचार भएको छ । त्यो कसले देख्ने । विकासको नाममा यिनीहरूले कार्यकर्ता पाल्ने बाहेक अरू काम के नै गरेका छैनन् जस्ता पिडादायक गुनासो राख्दा हामीलाई पनि मन दुखेको थियो । उनी भन्दै थिए हजुर सँग केही दयामाया छ भने मलाई केही पैसा उपलब्ध गराएर जिल्लामा पठाई दिनुहोस् हैन भने म रोडमा निस्कन्छु जे हुन्छ त्यही टर्छ ।
त्यस्तै कठमाडौंको तारकेश्वर नगरपालिका वडा नं– ४ मा मजदुरी गर्ने १५ जनाको पनि त्यस्तै बिजोग र बेहाल छ । उनीहरुको आजसम्म पनि बास पालमुनी नै छ । भन्दै छन्, सबै ठाउँका स्थानीय तहले आफ्ना नागरिकको उद्दार गर्यो तर हाम्रो गाउँपालिकाका छोटे राजाहरूले अहिले सम्म पनि कानमा तेल हालेर बसेका छन् । उनिहरूलाई हामीहरुको के मतलव भ्रष्टचार गर्न पाए पुग्छ उनीहरुलाई । युवाहरूलाई रोजगार दिने नाममा लाखौं रकम भ्रष्टाचार गरेका छन् । त्यसको हिसाव किताव भोलिका दिनमा आउने पनि छ ।
अहिले उनिहरुलाई आफ्ना कार्यकर्ता भए पुग्छ । निर्वाचन आएको वेला मात्र हाम्रो खोजी हुने । अहिले पालमुनि बसेका हामी मजदुरको कहाँ खोजी हुन्छ र ? राहत पठाइएको छकी छैन हमीलाई केही थाहा छैन । हामी मजदुरी गरेर खाने मान्छे । हामीलाई के थाहा हुनु । न फेसबुक चलाउन आउछ । न हामी सँग फेसबुक चलाउने मोबाइल नै छ । खाने पैसा त छैन मोबाइल कसरी किन्नु । छोरा, छोरीलाई कसरी पढाउने र घरपरिवार कसरी चलाउने भन्ने एक मात्र पिर रहेको उनिहरूका गुनासा रहेका छन् ।
हामीसँगको कुराकानीमा उनिहरू भन्दै थिए, छोटेराजाहरूले हामीजस्ता गरिब मजदुरको किन कुरा सुन्छन् । तपाइहरूले भन्दै हुनुहुन्छ गाउँपालिकाबाट राहत वितरणको लागि पहल भएको छ । तपाइहरू पनि फर्म भर्नुहोला भनेर तर हामीलाई न फर्म भर्न आउछ । न हामी सँग सूचना दिने र सुनाउने मोवाइल नै छ । अब हामीले कसरी फर्म भर्ने हो हामीलाई थाहा छैन । यो पैसा हाम्रो लागि पठाएको होइन उनीहरूका कार्यकर्तालाई पठाएको होला नि ? हामीलाई पठाएको भए त हाम्रो खोजी गरेर हामीलाई दिन आउथे होला नी ? हामीले तपाइहरूले भनेर मात्र अहिले थाहा पाएका हौं नत्र हामीले काहाँबाट थाहा पाउनु । अझै पनि कसैले खबर गरेर राहत दिए भने पनि ठिकै छ नत्र यो राहत उनिहरू कै कार्यकर्ता खलान नी ?
हामी मजदुरलाई न पड्न आउछ, न लेख्नै आउछ । ठिकै छ फर्म भर्ने मात्रले पाउने भए उनिहरू खालान । हामी जे हुन्छ त्यही गरौंला । कहीँ कतैबाट छोटे राजाहरूका कार्यकर्ताले दिए पछि ठिकै छ नदिए पनि हामी मजदुरले काम गरेर खाउला ।
राहत कस्तालाई र कसरी दिने भन्ने बारेमा पूर्ण रुपमा यो गाउँपालिकाले स्पष्ट रुपमा सबैसामु जानकारी दिन सकेको छैन । जनप्रतिनिधि कागजमा निर्णय गर्छन ,कार्यकर्ताहरु फेसबुक रंङ्ग्याउने काम मात्र गर्छन भने अर्कोतपÞर्m मजदुरहरु अलपत्र छन् बिद्यार्थी भोकभोकैको अवस्था छ ।
केही दिन अघि काठमाडौँबाट एउटा बस मात्र गाउँपालिका तपÞर्m जान सफल भएको थियो । उनीहरु सब आफ्नो नीजि पैसा तिरेर आफ्नो घर फर्कीएका थिए भने बाकीँ रहेकालाई गाउँपालिकाबाट निशुल्क घर फर्काउने भन्दै पार्टीका कार्यकर्ताहरुले सामाजिक सञ्जजाल फेसबुमा घर जाने कोही हुनुहुन्छ भने सम्पर्क गर्नु भनेर फेसबुके सूचना पनि प्रवाह गरेका थिए । तर फेसबुक रगङ्ग्याउने काम मात्र थियो । न उनीहरुले व्यवस्थापन गरेर बाजुरेलीलाई घर लिन नै सके, न गाउँपालिकाले ठोस निर्णय दिन सक्यो । खाली घर फर्काउने अपवाह फैलाउने प्रचारबाजी गर्ने काम मात्र गरेका थिए । आफ्ना नजिकका आसेपासे र कार्यकर्ताको मात्र नाम संग्कलन गरेको देखिन्छ । राहत वितरणको नाममा आफ्ना कार्यकर्ता पोस्ने काम बाहेक अरू केही देखिएन । गाउँपालिका हो की ? नेकपा कार्यालय हो ? त्यो अब पहिचान गर्ने बेला आएको छ ।
त्यस्तै काठमाडौंमा मजदुरी गर्दै आएका स्वामीकार्तिक गाउँपालिकाको कार्यालय नजिकै घर भएका प्रेमनाथ योगी र उनिसँग मजदुरी गर्नेहरू ४० दिन देखि पालमुनि सुतेर रात बिताएका छन् । तर सम्बन्धित निकाएले कानमा तेल हालेर बसेको छ, भन्दै गुनासो र पिडा सुनाउदै हामीसँग भन्दै थिए, हाम्रो पिडाको के मतलव हुन्छ र छोटे राजाहरूलाई । हामी मजदुरको पिरमर्का के थाहा उनीहरुलाई । भ्रष्टचार गर्न पाए पुग्छ । उनीहरूका कार्यकर्ताले त हामी निशुल्क घर लग्छौ भन्दै खुबै हल्ला गरेका पनि सुनेका थियौ । तर अहिले कता गए खै उनले भन्दै थिए ।
हामीले त स्थानीय सरकार मजदुर, विद्यार्थी, गरिब, असाहाय सबैको हो भन्ने ठानेका थियौ तर पार्टीका कार्यकर्ताको मात्र रहेछ भन्ने अहिले आएर पुष्टी भएको छ ।
गाउँपालिकाले कुनै वास्ता नगरेर अलपत्र परेका अन्य धेरै मजदुरहरुको यस्ता कति छन् कति पिडा, गुनासाहरू छन् । मजदुरहरू भन्दै थिए, जब लकडाउन भयो हामीले गाउँपालिकाका अध्यक्षलाई फोन गर्दा हाम्रो हरिविजोग भई सकेको थियो । तर पनि हामीले गाउँपालिकाका अध्यक्षलाई फोन सम्पर्क गरेर हामी अलपत्र परेका छौ । हाम्रो उदार गर्नु पर्यो भनेर भनेका थियौ तर उनले हामी व्यवस्थापन गर्न सक्दैनौ भन्दै गैर जिम्मेवार जवाफ दिएर फोन राखे । अहिले सम्पर्क गर्दा उनको फोन उठ्न नै छाडेको ति मजदुरहरू भन्दैछन् । त्यस पछि हामीले गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीलाई फोन सम्पर्क गर्यौ र उनलाई हामीले प्रश्न गरेका थियौ । देशै भरका गाउँपालिकाले आफ्ना अलपत्र परेका नागरिकको उद्दार गरिसकेका छन् ,तपाईहरूले के गर्दै हुनुहुन्छ भन्नै प्रश्नमा उनले सुरूमै प्रति प्रश्न गरेर भने तपाहरू पनि के गर्दै हो भनेर प्रतिप्रश्नमा मैले भने म सञ्चारकर्मी मैले मेरो तर्फबाट गर्ने काम गरेको छु भनेर मैले उनलाई प्रश्न गरे तपाइले गाउँपालिकामा के–के गर्नु भएको छ । तपाइका गाउँपालिकाका नागरिक काठमाडौं लगायतका ठाउँमा अलपत्र परेका छन् । काठमाडौंमा रहेका मजदुर रातभरि सुत्नु भन्दा पनि पाल हावाले उडाउछकी भनेर च्यापेर बसेको गुनासो सुनाउदै महिले ति पिडामा रहेका मजदुरको समस्या सुनाउदै त्यसैले मैले तपाइलाई अहिले फोन गरेर हुँ र पालिकाले के निर्णय गर्योे भनेर फोन गरेको हँु । त्यतिकैमा उनले फोन राखिहाले त्यस पछि मैले फेरी दुई, तिन पटक सम्म फोन गरे तर फोन उठेन त्यसपछि लगतै स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्नो मतिहार राखेको एक जना पत्रकार अनिल शाहीले मलाई फोन गरेर भन्दै थिए । किन तपाइले गाउँपालिकाको अध्यक्षलाई फोन गरेर काम गरेन भनेर भनेको । अहिले यस्तो बेला के काम गर्ने होर भनेर भन्दै थिए । मैले भने यो संकटको बेला जनताको काम नगरेर कहिले गर्ने होर ? भनेर भन्दा खालि फोन के गर्नु भनेर अध्यक्षको बचाँऊ गर्दै कुरा बटारिरहेका थिए उनी ।
महिले भने तपाइलाई फोन गरेको होइन मेरो कुरा गाउँपालिकाको अध्यक्ष सँग हो । म पनि त्यो गाउँपालिका भित्रको नागरिक हुँ । उहाँ जनप्रतिनिधि हो सबै नागरिकले फोन गर्न पाउने आफ्ना कुरा राख्न पाउने उतिकै अधिकार छ । एक जनाको अध्यक्ष मात्र होइन । सिंङ्गो पालिका जनताको हो । तिमी को हो अध्यक्षलाई फोन नगर भन्ने ? म पत्रकार हुँ । तर तिमी जस्तो झोले पत्रकार होइन भनेर जबाफ दिए । यदि उ पनि पत्रकार हो भने स्वतन्त्र हुन जरूरी छ । एउटा पत्रकारको दाहित्व त्यो होइन, तिमी पत्रकार हो भने एक जनाको पछि लग्ने होइन, देश र जनताको लागि समाचार दिलाउन सक्ने खालको हुनु पर्दछ ।
त्यस्तै काठमाडौंको चाबहिलमा अध्यानरत बाजुराका विद्यार्थी रमेश ठकुरी लगायतका १२ जना विद्यार्थी अहिले सम्म घर फर्काउने आस्वासन मात्र दिएर हामीलाई भुलाए भनेर गुनासो पोख्दै थिए । अहिले हामी सँग न खाने चामाल छ, न खाना पकाउने ग्याँस छ । अहिले आएर गाउँपालिकाले विद्यार्थीलाई २००० दिने निर्णय गरेको रहेछ । त्यो भन्दा त हामीलाई दाल चामल, ग्याँसको व्यवस्था गरिदिएको भए हुने थियो । २००० पैसाले ग्याँस किन्ने की, चामल किन्ने की, अरु के किन्ने ? भनेर गुनासो पोेख्दै थिए । समस्या त छ तर त्यो २००० पनि कहिले पाउने हो केही अत्तो पत्तो छैन । फोनमा पैसा छैन् रिचार्ज गर्नलाई । अब त्यो २००० पैसा पनि कसरी को सँग सम्पर्क गर्ने कसरी कागजपत्र पठाउने । गाउँपालिकाले के गर्न खोजेको हो कुरा बुझ्न गाह्रो छ । अब तपाइहरू पनि भनुहोस् न हामी सगँ न इन्टरनेट छ, न कम्युटर नै छ, हामीले अब कहाँ बाट कसरी पठाउने कागजपत्र । यसरी त नदेको भए पनि हुन्थ्यो नि ? दिने नै हो भने अरू छिमेकी गाउँपालिकाले जसरी दिएका छन् हामीलाई पनि त्यसरी दिएको भए हुने थियो नि ? तर पछिल्लो विवरण हेर्दा त आफ्ना कार्यकर्तालाइ मात्र दिएको होकी भन्ने भान हुन थालेको उनले गुनासो सुनाएका छन् ।
गाउँपालिकामा यस्ता धेरै समस्या छन् सहकार्य गरेर अगाडी बढ्न र सबैका सुझाब सल्लाहलाई मनन् गर्न जरूरी छ । स्थानीय सरकारले राजनीति गर्ने होइन जनताको सेवा गर्ने हो ? त्यसैले हामी सबै स्थानीय तहलाई अनुरोध गर्दछौ की, राजनीति गर्न छोड्नु होस् । अब जानताले तिरेको करको सम्मान गरेर जनताको सेवा गर्नु होस् । तपाई जनप्रतिनिधि भए पछि जनताको सेवा गर्ने हो आफ्ना कार्यकर्ताको मात्र सेवा गर्ने होइन । सबै जनताको सेवा गर्ने दाहित्व जानप्रतिनिधिको हो । त्यसैले जनताले तपाईहरूलाई आफ्नो अमुल्य भोट दिएर जिताएका हुन अहिले दुख परेको बेला छोटेराजाले कुनै सहयोग नगरेको काठमाडौमा रहेका मजदुर, विद्यार्थीहरूको गुनासो रहेको छ ।
त्यस्तै गाउँपालिकाले राहात वितरण गर्ने नाममा आफ्ना कार्यकताको घर घरमा नुनका बोरा पठाएको पनि खुल्न आएको छ । कहिले सिमी साट्ने कहिले अन्य विभिन्न वाहाना गर्दै नुन कार्यकर्ताको घर–घरमा पुगाए पछी वडा नंं ५ मा नुन पठाउन गाउँपालिकाका अध्यक्ष देखि कर्मचारिको मिलेमोतो देखिएको
छ । हामी त्यो विषयमा फलो गर्दा पछि मिलेमोतो मै नुन उनिहरूका कार्यकर्ताले लिएको खुल्न आएको थियो । त्यसैले समस्यामा परेका अलपत्र परेका सम्पर्ण मजदुर,विद्यार्थीहरूको समस्या छिटो भन्दा छिटो सम्बन्धित निकायले सामाधान खोज्नु पर्छ । गाउँपालिकाले वितरण गर्ने राहत कार्यकर्ता मुखी हुने होइन, वास्तविक पिडक, गरिब, असक्त, असाहय, विपन्न परिवारका मजदुरले पाउनु पर्यो । जनतालाई बाड्ने राहतमा राजनीति नहोस् । वास्तविक पिडकले राहत पाउनु हाम्रो चाहना यही हो । त्यसो हुँदैन भने अन्याका विरुद्ध हाम्रो कलम निरन्तर चलिरहने छ, चेतना भया ।

लेखक : रिर्पोट : रमेश महतारा/सरोज रोकाया