वामदेव गौतमलाई पाल्पा १ बाट प्रतिनिधिसभामा लैजाने

बैशाख २०, २०,काठमाडौँ । सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमलाई पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचनमा अघि सारेर प्रतिनिधिसभा मार्फत् सांसद बनाएर सरकारमा लैजाने सहमति भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्यसनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा यस विषयमा छलफल भइरहेको बताइन्छ । यस खालको समाचारले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको बुझिएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराउने सम्मको तयारी भएको बताइएको छ ।