कोरोना लकडाउनको कारणले एक जना युवाले आत्म हत्या गरे

२० बैशाख काठमाडौ । कोराना भाइरसका कारणले लकडाउन भएकै समयमा धादिङकका एक जना युवा ३२ वर्षे बिनोद सापकोटालले हिजो ३ः३० बजेतिर आत्म हत्या गरेका छन् । उनले आत्म हत्या गर्न उडुस मार्ने औषधिको गोली (विष) को प्रयोग गरेको बुझिएको छ । लगत्तै छरछिमेकीले थाहा पाएर सिनामंगलको केएमसी अस्पतालमा पुर्याएर पनि आज मृत्यु भएको छ । मृतक को महिनामा ७०, ८० हजार भाडा तिरेर होटेल संचालन गरेको र त्यो होटल पनि फाइनान्सबाट ऋृण झिकेर चलाएको र अहिले उनको ऋृण १०, १२ लाख रहेको र लकडाउनका कारण होटल बन्द रहेका कारण ऋृण तिर्न नसकिने र घरमा खाना खाने चामल समेत नभएका कारण आत्महत्या गरेको कुरा पशुपतिमा उपस्थित भएका आफन्तले बताएका छन् । उनीहरुका अनुसार उनीहरुको कोठामा खाने चालम वा अरु केही रासन पनि नभएको र कति दिन त जाउलो बनाएर खाएको कुरा पशुपतिमा मलामी आएकाहरुले बताएका छन्  ऋृण निकालेर होटल व्यावसाय गरेको लकडाउनका कारण बन्द अवस्थामा रहेको र अरु घरायसी विविध कारणले पनि आफ्नो मनलाई थाम्न नसकेर आत्महत्या गरेको मलामीमा उस्थित महानुभावले बताएका छन् । त्यसैले आजको मानवीय संकटमा एकले अर्कालाई सहयोग गरी मानवीय भावना जागृत गरौं ।