१० साउन, काठमाडौं । ओखलढुंगा चम्पादेवीकी रुपा (नाम परिवर्तन) बीमा गराउन चाहन्थिन् । साउन २ मा उनी बीमा गराउन नेसनल लाइफ इन्स्योरेन्सको लाजिम्पाट शाखामा जानुपर्ने थियो । पूर्वपरिचित मोहम्मद आलमले भने, ‘बीमाको अफिससम्म म छाडिदिन्छु ।’ ४७ वर्षीय आलमको मोटरसाइकल चढेर रुपा लाजिम्पाट पुगिन् ।
रुपा २२ वर्षकी भइन्, पहिले उनले आलमकै ब्याग कारखानामा काम गरेकी थिइन् । पुख्र्यौली थातथलो रौतहटको लक्ष्मीपुर भएपनि आलमले काठमाडौंको डल्लुमा घर बनाएका छन् । मधेसका आलमले पहाड (दोलखा) की महिलासँग ‘इन्टरकास्ट’ विवाह गरेका छन् । रुपाको परिवारसँग उनको पारिवारिक सम्बन्ध थियो । शुक्रवार लाजिम्पाटस्थित बिमाको अफिसमा पुगेपछि आलम बाहिर कुरेर बसे । रुपाले बीमा गराइन् ।
आलमले बाहिर (मुल सडक) मा दुईघण्टा कुरे । रुपालाई आफ्नै मोटरसाइकलमा पुनः डेरामा लगेर छाड्ने उनको इच्छा
थियो । तर, बीमा गरेर निस्केपछि रुपा आलमलाई बेवास्ता गरेर कारमा चढेर हिँडिन् ।
त्यसपछि, आलमले ‘इगो’ लिए ।
युवतीको ‘इग्नोर’को बदलामा एसिड हानेपछि मदिरा पार्टी !
आलमले निरन्तर रुपाको पिछा गर्न थाले । फोन र फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर हैरान गरेपछि उनले आलमको म्यारेन्जर कल ‘ब्लक’ गरिन् । मोबाइलमा फोन उठाउन छाडिन् । आलमले रुपाको दिदीको ४ लाख ब्याजमा चलाएका थिए । धेरै बेवास्ता गर्दा दिदीको पैसा डुब्ने डर छँदै थियो ।
२३ दिनमा १४७ कल
बीमा गरेको सातौं दिनमा तिनै मोहम्मद आलमले ब्याग कारखानाका कालीगढ फैयाज मोहम्मद उर्फ मुन्नालाई साथमा लिएर रुपाको अनुहारमा एसिड छ्यापे । पछिल्लो ६ दिन उनीहरुको सम्बन्धमा दरार उत्पन्न भएपनि त्यसअघि उनीहरु बीच बाक्लो कुराकानी हुन्थ्यो । रुपाको मोबाइल सीडीआर (कल डिटेल रेकर्ड)मा पछिल्लो २३ दिनमा उनिहरुबीच १४७ पटक कुराकानी भएका देखिएको छ ।
बिहीबार (एसिड आक्रमण गरेको दिन) उनीहरुबीच १० पटक फोनमा कुरा भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । एसिड आक्रमणको योजना पूरा गर्न आलमले बिहीबार मध्यान्ह रुपालाई १२ बजेर २४ मिनेटमा पहिलो कल गरे । त्यो फोन रुपाले रिसिभ
गरिन् । अनि, उनले भेट्न प्रस्ताव गरे, ९ औं कलमा रुपा आलमसँग सितापाइला चोकमा भेट्न राजी भएकी थिइन् ।
बीचमा आलमले उनलाई २९ पटकसम्म मिस्डकल गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मुन्ना र गोल्डेन ओक
बिहारका २३ वर्षीय फैयाज मोहम्मद उर्फ मुन्नालाई आलमले सानैदेखि काठमाडौंमा ल्याएर राखेका हुन् । ब्याग कारखानाका कालीगढ मुन्नालाई काम गरेको पैसा २५ हजार दिन बाँकी थियो । त्यो पैसा पाए उनी बिहार जाने तयारीमा थिए ।
बिहीबार साँझपख आलमले उनलाई मदिरा खुवाएर भने, ‘एउटा केटीलाई दारु छ्याप्नु, अनि म तिम्रो बाँकी पैसा दिन्छु ।’ दुवैले केही पेग लिए । अनि, आलमले मुन्नालाई ‘गोल्डेन ओक’ रक्सीको बोतल दिँदै भने, ‘मैले मोटरसाइकलमा ल्याएर छाडेपछि त्यो केटीलाई यही रक्सी छ्याप्नु ।’
मुन्नाले भने, ‘साहुजी यो अंग्रेजी दारु म थोरै खाउँ ।’
आलमले नखान चेतावनी दिए । अनि उनलाई मोटरसाइकलमा पहिल्यै रुपाको घर नजिक लगेर राखे ।
रुपा कोठामै थिइन् । फोन गरेर बोलाए, मोटरसाइकलमा राखेर सितापाइला लगे । रुपाले घरमा भनिन्, ‘म दही–चिउरा लिएर आउँछु है ।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘त्यसपछि उनीहरु सितापाइला चोकमा बसेर मःम र कफी खान्छन्, अनि दही किनेपछि आलम रुपालाई छाड्न जान्छन् ।’
दही किन्दै गर्दा आलमले मुन्नालाई खुसुक्क फोन गरेर भन्छन्–‘तयार है, आइपुग्न लाग्यौं ।’
अनि, रुपालाई मुन्ना एसिड हान्न ढुकेर बसेका ठाउँ भन्दा वरै छाडेर मोटरसाइकल फर्काउँछन् । एकैछिमा गोल्डेन ओकको बोतलको एसिड रुपाको अनुहारमा छ्यापिन्छ । एसिडका छिटा मुन्नाको हातमा पनि लाग्यो ।
मोटरसाइकल साइड लगाएर बसेका आलमले मुन्नालाई फोन गरेर सोध्छन्, ‘काम भयो ?’
एकतर्फी प्रेमको परिणाम ः ’बहिनी’ भन्दै मोटरसाइकलमा कोठासम्म लगिदिए, कामदार प्रयोग गरेर एसिड छ्यापे
एसिड हानेपछि मुन्ना दौडिएर अर्को बाटोमा पुग्छन् । आलम त्यहाँबाट उनलाई मोटरसाइकल चढाएर डल्लुतर्फ
फर्कन्छन् । डल्लुमा आएर उनीहरु फेरि पिउँछन् । त्यहाँ मुन्नाले भन्छन्, ‘साहुजी त्यो, अंग्रेजी रक्सीले त मलाई पनि पोल्यो नि ।’
उनलाई थाहै थिएन, गोल्डेन ओकको बोत्तमा रक्सी हैन एसिड छ ।
बिहारमा मुन्नाको श्रीमती सुत्करी छिन् । साहुको आदेश मानेर आफूले अपराध गरेको थाहा पाएपछि मुन्नाले प्रहरीसँग भने, ‘म २५ हजार बुझेर घर जाने चक्करमा थिएँ, ६ महिनाको बच्चा छ ।
समाचार रोतोपाटीबाट