सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी

१० साउन, काठमाडौं । नेकपा भित्रको झगडा चुलिदै जाँदा विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् ।

आज शनिबार एक कार्यक्रममा बोल्ने क्रममा अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको
छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं ।

कर्णले वर्तमान सरकार छ कि छैन् भनेर खोज्ने अवस्था रहेको चित्रण गर्दै ‘यो सरकार कतै पनि देखिएन् । प्रत्येक वर्ष बाढि÷पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’

कोरोनाले भन्दा बढी मानिस बाढी÷पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेस गरे । उनले भने, ‘हजारौं मानिसहरु घरवार विहीन भएका छन् । यसको जिम्मेवारी कसले लिने ? वर्षभरि नै सरकार सुतेर बस्ने हो ? जनताले सुखमा सरकारलाई सम्झिँदैनन् । दुःख पर्दा र आपतविपदमा नै सम्झिने हो नि, अहिले विपद्मा सम्झिँदापनि सरकारले केही गर्न सकेको छैन् । यो सरकार कहीँपनि सफल भएको छैन् ।