Breaking News

खोज्नु छ सस्तो फुटपाथ

टन्टलापुरे घामको
भारी यात्रा संगै पुग्नु पर्ने
सुदुरको बिरानो ठाउँ
लुखुरुक्कको हिडाइले
खोज्दै थियो फुटपाथको
सस्तो बजार जहाँ किन्न पाइन्छ
महङ्गो सुत्केसमा आसीन अभिलाषा
हतपत सुइँकिदै गए
कयौं जोडी पैतालाहरु
खोजेर सस्तो फुटपाथका
महङ्गा चिजबिज
बोक्न मिल्दैन बाहुबलले
किनकि
बोक्न नमिल्नु भनेको
बहुत वजनी हुनु हो
पर्वतको टुप्पोमा पुग्न
चौडा सिँडी चढ्दा चढ्दै
उकाला पैताला भने
उकालामै रोकिन्छन्
थकानको सुस्केरामा बिस्तारै
माथी टुप्पोमा पुगेर
वजनदार भइ उभिनु छ
बाहुबलले बोक्न नसकेको
वजनी पर्वत उचाल्न
चौडा सिँडीहरु पार गर्नु छ
संघर्षका उकाला संग
पैतालाको अजम्मर मितेरी गास्दै
बोक्नु परला वजनी सुत्केस
फुटपाथमा सस्तो किनेर।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

दीर्घ बहादुर शाही (डोक्काघरे)