Breaking News

नेपाली कांग्रेसले आज संसदीय दल नेता चयन गर्दै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज संसदीय दल नेता चयन गर्दैछ।

हिजोदेखि अघि बढेको निर्वाचन प्रक्रिया अन्तर्गत आज मनोनयन दर्ता आजै मतदान गर्ने कार्यतालिका छ।

कांग्रेसले सहमतिकै आधारमा दल नेता चयन गर्ने प्रयास पनि गरिरहेको छ। सहमति नजुटे निर्वाचनबाटै दल नेता चयन हुनेछ।

पार्टीले सांसदहरूसँग यस विषयमा छलफल गर्न महामन्त्री प्रदीप पौडेल लगायतलाई जिम्मेवारी दिएको छ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार छन्।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ३८ सिट जितेको थियो।

‘दल नेताको आकांक्षी धेरै भए पनि मुख्य गरी ३ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ, पार्टीले सहमतिका लागि प्रयास गर्दैछ, सहमति नभए निर्वाचन कार्यतालिकाअनुसार मतदान हुनेछ ।