Breaking News

सुकुम्बासी बस्ती हटाउने उद्रीसँगै कसैलाई कोठा खोजेर सर्नै हतार कसैलाई कहाँ जाने भन्ने पिरलो

सरकारले आज देखि काठमाडौ खोला किनारामा बसोबास गर्दै आईरहेका सुकुम्बासीहरुलाई आजबाट हटाउँदै छ । सदिऔं देखि सुकुम्बासीको रुपमा सार्वजनिक ठाउँ हडेपेर सो क्षेत्रमा ठूलठुला महल र अन्य सामान्य झुपडी बनाएर हैकम जमाएर बस्दै आएका सुकुम्बासीहरुलाई धेरै वर्षदेखि हटाउने प्रयास गरेपनि भरखरै निर्माण भएको बालेन सरकारले सुरक्षित तरिकाले निकाल्न थालेको हो । तर पनि सुकुम्बासीहरुलाई विधि र प्रक्रिया मिचेर खाली गराउने तयारी सुरू गरेपछि बास्तविक सुकुम्बासीहरू बिचल्लीमा पर्ने छन्।

सरकारले आज भोलिभित्र काठमाडौंका सबै सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

हिजो शुक्रबार साँझ देखि नै प्रहरीले माइकिङ गरेर सुकुम्बासी बस्ती खाली गरे भनि सकेको छ ।
सरकारको सोही निर्देशन अनुसार कोही पोकाकुण्डा गरेर सरी सकेका छन् भने कोही कता जाने के गर्ने भन्ने अन्योलमा रहेका छन् ।

सरकारले बल प्रयोग गर्ला भन्ने डरले कतिपय आफन्त र साथीभाइको सहयोगमा कोठा खोजेका छन्। आफ्नो झुपडीका सामान पोको पार्न र गाडीमा सार्न व्यस्त छन् ।

सरकार सुकुम्बासी बस्ती छाड्न निर्देशन दिए पनि सबभन्दा बढी हालत बास्तविक सुकुम्बासीलाई कोठा नपाएर र अन्यत्र जाने ठाउँ नभएका सुकुम्बासीहरूलाई परेको छ ।

कोही अझैं कोठा खोज्दै हिँडिरहेका छन्, ।

कसैको यस्तो रोदन छ, जग्गा, जमिन केही नभएपछि गाउँ छाड्यौं, अहिले यहाँ पनि बस्ने ठेगान छैन ।

कोही भन्दै छन्, पहिले भाग्यले ठगेर उठिबास गरायो, अब राज्यले उठिबास बनाउँदैछ ।

सकुम्बासी बस्तीमा शारीरिक रूपमा अशक्त र बुढापाका भएका परिवारको अवस्था झन् खराब छ । यिनीहरु के गने, कता जाने भन्ने अन्योलमा रहेका छन् ।

अझ त स–सानाा बालबालिलाई शिक्षामा समेत असर पर्ने देखिएको छ।

सरकारले हटाउने भने पनि सकुम्बासीहरूले विकल्पबिना हटाउन खोजिएको र हामीहरुलाई बसोबासको व्यवस्था र रोजगारीको ग्यारेन्टी दिन सरकारसँग माग समेत गरेका छन्।

डर, त्रास र अन्यौलबीच सुकुम्बासी बस्तीका बासिन्दाहरूको साझा माग एउटै छ — विकल्पसहित केही समय दिनु।