Breaking News

सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचना जारी

काठमाडौं । थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचना जारी गरेको छ। प्रहरीले बिहीबार साँझ माइकिङ गर्दै बस्ती शुक्रबार बेलुकासम्म खाली गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी शनिबार र आइतबारभित्र बस्ती खाली गराउने निर्देशन दिएका थिए।

उक्त निर्देशनअनुसार प्रहरीले तोकिएको समयभित्र स्थान खाली गर्न माइकिङ गरिरहेको छ।

बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि यस बस्ती हटाउने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेको थिएन।