Breaking News

आजबाट सरकारको औचित्य सकियो – नेता शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् । आज साँझ शेखरले सामाजिक सञ्जालमार्फत् भन्दै सरकारका कारण देशमा जे भयो, त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न नसक्ने पनि बताएका छन् ।

‘जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरङ्कुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेका कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढङ्गबाट गोली प्रहार गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र रु देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ। आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ। तपाईँ हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौँ।’