काठमाडौं । जेनजीको आजको हिंसात्मक आन्दोलनको परिस्थिलाई मध्यनर गर्दै काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ म्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ।
आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् । सोही घटनालाई लिएर गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएका छन्। सरकारको दमलाई लिएको सरकारको विषयमा अहिले व्यापक आलोचना भइरहेको छ ।

