सरकारले गर्ने खर्च र आम्दानीमा लक्ष्य र यथार्थबीच ठूलो खाडल देखिएको छ।
आर्थिक वर्ष २०८१/८२को तुलनामा करिब २९ प्रतिशत आम्दानी र २६ प्रतिशत खर्च बढाउने लक्ष्यसहित सरकारले गत वर्षको बजेट बनाएको थियो। तर, यस्तो खर्च र आम्दानीमा ५ प्रतिशत मात्रै बढेको छ।
आर्थिक वर्ष २०८१/८२ मा १५ खर्ब २३ अर्बको सरकारी खर्च भएको थियो। गत आर्थिक वर्ष २०८२/८३ मा १५ खर्ब ८२ अर्ब पुगेको छ।
आन्तरिक तथा वैदेशिक ऋणबाहेकको आम्दानी आर्थिक वर्ष २०८१/८२ मा १२ खर्ब १८ अर्बको थियो। गत वर्ष २०८१/८२ मा १२ खर्ब ८० अर्ब पुगेको छ।
आर्थिक वर्ष २०८१२८३ मा सरकारले १४ खर्ब ८० अर्ब राजस्व र ५३ अर्ब वैदेशिक अनुदानसहित ऋण बाहेकको आम्दानी १५ खर्ब २३ अर्ब गर्ने लक्ष्य राखेको थियो। थप ४ खर्ब ३१ अर्ब ऋण उठाएर १९ खर्ब ६४ अर्बको बजेट खर्च गर्ने लक्ष्य राखेको थियो।