Breaking News

विभिन्न सरकारी कार्यालयमा अस्थायी, करार र दैनिक ज्यालादारीका कर्मचारीहरू आन्दोलित

विभिन्न सरकारी कार्यालयमा अस्थायी, करार र दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरू सरकारले अनाहक सेवाबाट हटाउन खोजेको भन्दै ति कर्मचारी आन्दोलित भएका छन्।

जागिरबाट हटाएर ुआउट सोर्सिङ गरी निजी कम्पनीमार्फत नयाँ भर्ना गर्ने आन्तरिक तयारी सुरू भएको भन्दै उनीहरूले आज बुधबार सिंहदरबारभित्रै सरकारविरूद्ध प्रदर्शन गरेका छन्।

वर्षौंदेखि सरकारी सेवामा रहेका हजारौं कर्मचारी बेरोजगार हुने स्थिति आएको भन्दै उनीहरूले हिजो मंगलबारबाट विरोध सुरू गरेका हुन्।

लगातार दुई दिनको विरोध प्रदर्शनपछि सरकारले आज आन्दोलरत कर्मचारीसँग वार्ता गरी हाल सेवामा रहेका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।