पछिल्लो ३ दिनमा संघीय सरकारको राजस्व प्रणालीमा ५० अर्ब बढीको राजस्व संकलन भएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बहिबार १६ खर्ब ५० करोड, बुधबार २१ अर्ब १७ करोड र, मंगलबार १२ अर्ब ४३ करोड रूपैयाँ राजस्व संकलन भएको छ।
आर्थिक वर्षको अन्तिम मसान्तको आसपासमा राजस्व बढी उठ्ने गर्छ। गत वर्ष यिनै तीन दिनमा ६४ अर्ब रूपैयाँको राजस्व उठेको थियो।
वर्ष अन्तिममा गर्त वर्षको भन्दा कम राजस्व संकलन भएपछि सरकारले उठाउने समग्र राजस्व वृद्धिदर ५ प्रतिशतसमा सीमित भएको छ। यो राजस्व वृद्धिदर औसतभन्दा निकै कम देखिएको छ।
आर्थिक वर्ष २०७९/८० अघिको १० वर्ष अर्थात् २०६८/६९ देखि २०७८/७९ सम्म औसत १७ प्रतिशतको राजस्व वृद्धिदर थियो।
आर्थिक वर्ष २०८०/८१ मा ७ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा नौ प्रतिशतको राजस्व वृद्धिदर थियो। पछिल्लो आर्थिक वर्षमा ५ प्रतिशतमा सीमित छ।
आर्थिक वर्ष २०७९/८० मा राजस्व वृद्धिदरमा ब्रेक लागेको थियो।
आर्थिक वर्ष २०२४/२५ यता हरेक पटक अघिल्लो आर्थिक वर्षको तुलनामा बढी राजस्व उठ्ने गरेकोमा त्यो वर्षको राजस्व घटेको थियो। त्यो वर्ष अन्य प्राप्ति शीर्षक सहित १० खर्ब १० अर्ब राजस्व उठेको थियो।
अर्थ मन्त्रालयको राजस्व तथ्याङ्कअनुसार २००८ सालपछि आर्थिक वर्ष २०१०/११, २०१४/१५, २०१८/१९ र २०२४/२५ गरी चारवटा आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कम राजस्व उठेको छ भने त्यसयता गत वर्ष राजस्व घटेको हो।
विशेष गरी कोभिडकालीन समय आर्थिक वर्ष २०७६/७७ मा त्यसअघिको वर्ष बराबरकै राजस्व उठ्यो।
त्यसपछिका दुई आर्थिक वर्षमा १६ र १४ प्रतिशतको वृद्धिदर कायम भएको थियो। त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा एकै पटक ९ प्रतिशतले राजस्व घट्यो।
त्यसपछिका पछिल्ला ३ वर्षमा पनि सामान्य अवस्थामा बराबरको राजस्व वृद्धिदर देखिएको छैन।

