Breaking News

कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीहरूले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

कर्णाली सरकारमा कांग्रेसबाट ४ जना मन्त्री थिए।

कर्णालीमा कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा मन्त्री थिए। कर्णालीमा ७ सदस्यीय मन्त्रिपरिषद रहेको छ। जसमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए। तत्कालका लागि कडेल नेतृत्वको सरकार संकटमा परेको छ।

कर्णाली प्रदेश सभा ४० सदस्यीय हो।

कर्णालीमा कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए।