काठमाडौं ।आज भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि हालसम्म १९ जनाको मृत्यु र कयौंकोे संंख्यामा घाइते भएपछि आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
गृहमन्त्री लेखकले आज भएको प्रदर्शनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने निर्णय गरेका थिए ।
प्रदर्शनका क्रममा भएको हिंसा र जनधनको क्षतिप्रति उनले गहिरो दुख व्यक्त गर्दै गृहमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको स्वीकार गरेका थिए । प्रधानमन्त्री ओलीले लेखकको राजीनामा स्वीकार गर्ने वा नगर्ने भन्ने विषय भने बाँकी नै छ । । यद्यपि, यो घटनाले सरकारमाथि थप दबाब बढाएको छ ।

