२३ भदौ, काठमाडौं । आज भएको जेनजीको प्रदर्शनपछि उत्पन्न परिघटनाको बिश्लेषण गर्न बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको आकस्मिक पदाधिकारी बैठकले ) तत्काल सरकार विघटन गर्न आह्वान गरेको छ । बैठकले वर्तमान सरकारको उपदेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ,’ उनले भने, ‘तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आव्हान गर्दछ ।’
सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाले बताएको छ ।
‘शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ,’ राप्रपाले भनेको छ, ‘आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुस्खद घटनाको रूपमा लिएको छ ।

