Breaking News

प्रतिपक्ष दलका नेता ‘प्रचण्ड’लाई धम्की र विद्रोहको भाषा नबोल्न गोकुल बाँस्कोटाले चेतावनी

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की र विद्रोहको भाषा नबोल्न चेतावनी दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डको बङ्गलादेश बनाउने अभिव्यक्ति र विद्युत् प्राधिकरणको बक्यौता उठाउने विषयबारे प्रसङ्ग निकाल्दै यस्तो भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।

प्रचण्डले केही दिने अघि संसदमा सम्बोधन गर्दा नेपाल बङ्गलादेश र श्रीलङ्का हुनसक्ने भन्दै सरकारलाई सतर्क गराएका थिए । उनले सोही विषयलाई लिएर लेखा समितिको सभापति फेर्ने कुरा प्रचण्डले गरेको भन्दै यदि फेर्ने भए सबै समितिका सभापति फेर्न चुनौती दिए ।

उनले माओवादीको च्याँखे दाउ मात्र भएको भन्दै जनताको म्यान्डेट विपरीत नबोल्न ‘फेर्ने भए सबै समितिका सभापति फेरौँ, जनताले दिएको म्यान्डेट केही होइन, अनि सत्ताबाट बाहिर निक्लने वित्तिकै बङ्गलादेश बनाउने रु बङ्गलादेश बनाएको त हामीले उही बेला देखेको हो नि सिंहदरबार कब्जा गर्न आउँदा पनि हेरेर ६ दिन चिउरा खाएर फर्केको थियो’, बास्कोटाको भनाइ छ । उनले एमाले कांग्रेस पनि नमरेको भन्दै आन्दोलनबाटै आएको बताए ।