Breaking News

बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते

बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बिहान सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

बस जानकी गाउँपालिका-६ कोठारपुरमा बस सडकमै पल्टिएको थियो।