ब्याङ्ग कविता
म भक्त हुँ, म भक्त हुँ
भगवानको होईन राजनीतिको
मेरा आफन्त अक्सिजन नपायर तड्पीरहदा
म भजन गराउछु राजनीतिको अनी आरती उतार्छु बिरोधीको।
म सेवक हुँ, म सेवक हुँ
देस र जनताको होइन नेतागणको
मलाई बाल छैन आफन्त अनि परिवारको
मलाई सेवा गर्नु छ, केवल पार्टी अनि नेताको।
म पुजारी हुँ , म पुजारी हुँ
मन्दिरको होइन पार्टी कार्यालयको
मलाई मतलब छैन आफ्नो घर अनि समाजको
मलाई पूजा गर्नु छ, त केवल पार्टी अनी पार्टी कार्यालयको
म अन्धभक्त हुँ, म अन्धभक्त हुँ भगवानको होईन आफ्नै पार्टी अनि नेताको
जतिसुकै भ्रष्टाचार गरून् नेता अनि मन्त्रीले
रतीभर बोल्नु हुँदैन मेरो अन्तरज्ञानले।
म माली हुँ , म माली हुँ
बगैँचाको होइन पार्टी कार्यालयको
मेरो पार्टीको बीरोधी माथि
म अरिङ्गाल बनेर जाइलाग्छु बाघ बनेर जाइलाग्छू।
म रक्तदाता हुँ, म रक्तदाता हुँ
तर रक्तदान गर्ने होइन रगत बनाउने
आन्दोलन अनी जुलुसमा टाउको फुटाउने
यसैगरी रगत बनाउने अनि भबीष्यमा मन्त्री पद हत्याउने
म आशीर्वाद लिन्छु, म आशीर्वाद लिन्छु
मान्यजनको होइन माननीय हरूको
यसैमा मेरो गर्जो टरेकै छ
माननीय हरूको भ्रष्टाचार गरेर बचेको पैसाले मेरो दैनिकी चलेकै छ।
म पहरेदार हुँ, म पहरेदार हुँ
तर देशको होइन मात्र राजनीतिको
देशको सीमा मीचीदा म मुखमा टेप लगॉउछु
तर मेरो पार्टीको आस्था माथि आँखा जुधाउनेको आँखै नीकालेर गुच्चा खोलिदिन्छु
मलाई पार्टी माथि अत्यन्तै मोह छ
देस जनता भड्खालोमा जाउन्
यसैगरी मलाई नेताकै चाकडी गर्नुछ ।