Breaking News

दाइजो प्रथा एक सामाजिक कुरीति

नेपाली समाजमा फैलिएको अनेक कुरीति हरू हाम्रो गौरव साली समाजको सिरमाथीको कलङ्क बन्दै गइरहेको छ। जातीय छुवाछुत र दाइजो प्रथाका कारण बिश्वको उन्नत समाजमा हाम्रो सीर लाजले झूक्ने गर्दछ। दाइजो भन्नाले विवाह पश्चात केटीको माता-पिताले केटीलाई वा छोरीलाई दिएको धन सम्पत्ति वा रूपैयाँ पैसा अथवा सामानलाई बुझिन्छ भने दाइजो दीने प्रचलनलाई दाइजो प्रथा भनिन्छ। दाइजो दीने र लिने प्रचलन नेपाली समाजमा पहिले देखी नै चलिआएको हो।

सर्वप्रथम यस प्रथाको प्रचलनमा भेटी स्वरूप छोरीको विवाहमा उपहार स्वरूप केही चीज दिइन्थ्यो तर आज दाइजो प्रथा समाजमा सामाजिक कुरीतीको रूप धारण गर्दै गइरहेको छ। दाइजो प्रथा नेपालको सबै क्षेत्रमा भए तापनि तराइ क्षेत्रमा भारतीय सँस्कृतिको प्रभाव र भारत सँगको रोटी – बेटीको समन्धका कारण थप समस्या बन्दै गइरहेको छ। समय समयमा अनेक सामाजिक अभियन्ता तथा राजनीतिक दलहरुले यस्ता कुरीति हरुको अन्त्य गर्ने प्रयास गरेपनि यसको समूल नष्ट भने हुन सकेको छैन। बरु दाइजो प्रथा दिन प्रतिदिन भयानक रूपमा बढिरहेको देख्न सकिन्छ।

दाइजो प्रथाको प्रभावको कारण दाइजोको अभावमा योग्य कन्याको अयोग्य बारलाई सूम्पीइन्छ। दाइजो दिएर योग्य बरको खरिद गरिन्छ। यस्तो अवस्थामा पारिवारिक जीवन सुखद बन्न सक्दैन। गरिब परिवारको बाबु आमा आफ्नो छोरीको विवाह गर्न सक्दैनन्। किनभने समाजका लोभी ब्याक्तीहरू उही ब्याक्तीसगॅ विवाह गर्छन्, जसले धेरै दाइजो लिएर आफ्नो घरमा भित्रिन सक्छ।

हाम्रो देशमा दाइजो प्रथा महिला माथि हुने शारीरिक तथा मानसिक हिंसाको प्रमुख कारण समेत बन्दै गइरहेको छ। सम्पन्न बर्गका मानिसहरू यस प्रथाको अनुसरण आफ्नो सामाजिक र पारिवारिक प्रतिष्ठा देखाउनका लागि गर्दछन् भने गरिब परिवारका अभिभावक का लागि दाइजो दिनु उनीहरूका लागि बाध्यता बन्ने गरेको छ। किनभने हाम्रो समाजमा यसरी दाइजो दिएन भने उसको मान सम्मान त समाप्त हुन्छ नै, साथमा आफ्नो छोरीको बिना दाइजो विदाई गरियो भने उसलाई आफ्नो घरमा बस्न समेत कठिन हुन सक्छ। आज भोलि हामी दाइजोकै कारण महिला माथि भएका घरेलु हिंसा सँग समन्धीत समाचार हरू दिनहुँ पत्र पत्रिका तथा रेडियो टेलिभिजन हरुमा पढ्ने सुन्ने र देख्ने गरेकै छौ।

पुरानो रीतीस्थीत अनुसार बाबु आमाले कन्यादान लाई महादान सम्झन्थे। छोरीको विवाहमा केटी पक्षले केटा पक्षलाई मायापूर्बक जे उपहार दीए पनी केटा पक्षले त्यसलाई स्वीकार गर्दथ्यो। कालान्तरमा यसैले दाइजोको रूप धारण गर्यो। आज यसै दाइजोको नाममा महङ्गो र विलासी सामानको माग गरिन्छ। दाइजो नदिएकै कारण जन्ती समेत फिर्ता लगेक घटना समेत हामीले सुन्दै र देख्दै आइरहेका छौ। मानिसहरू आज दाइजो माग्नमा अलिकति पनि सरम मान्दैनन्। धनाढ्य ब्याक्तीहरू आफ्नो छोरीको विवाहमा असङ्ख्य धन खर्च गर्छन् र विलासी सामानहरू तथा बहुमूल्य गहना हरू दाइजो दिन्छन्। यसैको देखासिकी गर्दै केटा पक्षले गरिब र मध्यम वर्गका परिवार सँग समेत महङ्गो र विलासी सामानको माग गर्छन्। त्यसैले आज दाइजो प्रथाले विकराल समस्याको रूप धारण गरिरहेको छ।

दाइजो को समस्या आज प्रत्येक छोरीको बाबु आमाको समस्या बन्न पुगेका छ। यो समस्याले आज असङ्ख्य छोरीको बाबु आमाको खुसी लूटीएको छ। दाइजोकै कारण पढेलेखेका र सून्दर छोरी चेलीको समेत विवाह गर्न कठिन हुने गरेको छ। केटा पक्ष जस्तोसुकै कुरूप केटीसँग पनि विवाह गर्न तयार हुन्छ जसले धेरै दाइजो लिएर आउन सक्छ। तर गरिब परिवारको सून्दर र सुशील केटी सँग विवाह गर्न तयार हुँदैनन् कीन भने दाइजो कम हुन सक्छ। त्यसैले आज विवाह बन्धन पवित्र बन्धन नभएर देखासिकीको ब्यापार बन्ने गरेको छ। आजभोली दाइजोको औचित्य माथि धेरै प्रकारको प्रश्नहरू पनि उठ्ने गरेको छ। सबैभन्दा पहिले जो दाइजो लिएर आफ्नो सान र मान देखाउँछ के त्यो उचित हो तरु अरूको पैसामा देखाएको सान नक्कली सान मात्र हो। दाइजोको बिषयमा ब्याख्य गरिरहँदा दाइजो लीनेला मात्र दोषी भन्न मिल्दैन यसमा दाइजो दीने लाइ पनि उक्तिकै दोषी मान्नु आवश्यक देखिन्छ।

दाइजोकै प्रभावको कारण आजको आधुनिक युगमा महिलाको श्रेष्ठताको मापन उसको गुणबाट नभएर उसको पिताबाट दीने दाइजो बाट गरिन्छ आज यही कारण कुनै घरमा छोरी जन्मियमा त्यसलाई बोझ सम्झिईन्छ कतिपय अवस्थामा त गर्भमै लिङ्ग पहिचान गरी भ्रूण हत्या समेत गर्ने गरेको पाइन्छ। दाइजो प्रथा तथा महिला माथि हुने हिंसाको बीरूद्दमा सरकार द्वारा बनाइएको कमजोर नीतीका कारण भएको कानून समेत सहि ढङ्गले कार्यान्वयन भएको पाइँदैन।यस कुरीतीको हटाउनका लागि सर्वप्रथम युवायुवती हरुलाई जागृत गराउनु पर्दछ। दाइजो दीने तथा लिनेहरु लाइ सामाजिक बहिष्कार गर्नु पर्दछ। अनी मात्र यो समस्यालाई जरैदेखी समाप्त गर्न सकिन्छ।

दाइजो प्रथा एक सामाजिक दृष्टिकोण हो यसबाट छुटकारा पाउनकालागी हामीले आफ्नो सोच बदल्नुपर्छ। महिलाहरूलाई शिक्षित बनाइनू पर्दछ सरकारले दाइजो लिने तथा दीने लाइ दण्डित गर्न नियम तथा कानून समेत बनाएको छ। तरपनि यो प्रथा समाजमा व्याप्त छ।तर परिवेश अनुसार यसमा परिवर्तन गर्न सकिन्छ। दाइजो प्रथा एउटा सामाजिक कुरीति हो भनी सिक्नुपर्छ सिकाउनु पर्दछ। शिक्षा नै एउटा यस्तो ससक्त माध्यम हो जसबाट समाजको परीबर्तन सम्भव छ र अज्ञानताको कारण जरो गाडेको यो प्रथा हटाउन सकिन्छ। मुख्य तय यसका लागि बिद्यालयको पढाइको साथसाथै बीध्यार्थि जीवन देखिनै सचेत गगराउनु आवश्यक हुन्छ।

बेलकोटगढी,  नुवाकोट

लेखक : दीपक नेपाल