आज गुरु पुर्णिमा सम्झनु पर्ने गुरुहरु

सानैदेखि पढ्न मन पराउने अनि कक्षामा पहिलो हुने गर्थे म । म सँज हिडेका साथि दोस्रो हुन्थे तर आजकल मसँग हिड्ने अनि जान्नेलाई अग्रपंक्तिमा राख्छन र मलाई दोश्रो दर्जामा राख्छन् अपरिचित शिक्षकहरुले ।

सायद बच्चैदेखि पहिलो हुने गरेर होला मलाई मेरो मात्र देन नभएर मेरो गुरुहरु पाखापानिका सुबेदी सर र अरु सरहरु साथै स्कुलको हेड सर श्री टेक बहादुर र मेरा अभिभावकलाई नै गुरु संम्झे । अरुभन्दा उच्च स्थानमा राख्ने मेरा स्कुलका गुरुहरु मध्येको श्री टेकबहादुर सरलाई म मेरो सम्मानबाट पर कहिल्यै राख्न सक्दिन । आज उहाँको आर्शिवाद र सल्लाहले उच्च शिक्षा लिन सफल भइयो । जब म अर्को स्कुल मा पढ्न जाँदा आफ्नैले पहिलो हुँदा पनि दोस्रो बनाएपछि म रुदै मेरो स्कुल जनता मावि मा फर्केर गए र पहिलो भएकी थिए तर त्यही हौसला, माया मैले क्याम्पस र विश्व बिध्यालयमा कहिल्यै देखिन । यहाँ त राजनीति, घुसपेठ र चिनजानेको आधारमा पास फेल हुँदोरहेछ । हौसला त के विद्यार्र्थीको उद्देश्य प्रति टेकेर हिड्ने रहेछन ।

हो पहिलो किताव लेख्दा मेरो बिद्यार्थीको भनेर खुसी हुने गुरु टेक बहादुर जस्तो महान गुरु जसले नवलपरासी को स्कुलमा समेत मेरो बिद्यार्थीले लेखेको पुस्तक भनेर भन्नु भएको थियो रे । विश्वविद्यालयमा सधै असफल बनाएर तेरो घमन्ड र जिद्धिपन भन्दै असफल बनाउने गुरु पनी राजधानी शहरमा पाइने कतै कतै यहाँ त । कतै टेकबहादुर जस्तै महान पाइने राजधानी बाहिर पनी । शिक्षाले त शहर र गाउँ भन्दैन । मैले पढेको स्कुलको एसम्ब्ली मा मेरो उदाहरण दिएर मलाई महान नारी र संघर्षशील नारी भनेर सबै बिद्यार्थीहरु लाई तिल कुमारी जस्तै हुनु भन्ने मेरा महान गुरुलाई म कहिल्यै इतिहासका पानावाट टाढा बनाउन सक्दिन । उहाँ हाम्रो गुरु, अभिभावक र हाम्रो परिवारको एउटा महान हिस्साहुनु
हुन्छ । साँच्चै गुरु भनेको बाटो देखाउने यात्री हुनुहुन्छ ।

आज म उहाँजस्तो महान गुरु जो कोहि हुदैन जस्तो लाग्छ भन्छु । गुरु सानो र ठुलो तहको हँुदैन चाहे स्कुल होस् वा विश्वविद्यालय भुमिका एउटा हुन्छ भन्दै आज गुरुपुर्णिमाको दिन आफुलाई हौसला र प्रेरणाको पात्र गुरुप्रति शब्द कोरेकी छु ।
Happy Gurupurnima Sir ( टेक बहादुर आर. सि. )