१३ वैशाख, काठमाडौं । काठमाडौ उपत्यकाभित्र रहेका सुकुम्बासी बस्ती हटाउने क्रममा हिजो भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउने क्रममा प्रहरी र सुकुम्बासी बीच झडप भएपछि स्थगित आज बिहान पुन बाक्लो सुरक्षाकर्मी र डोजरसहित सुरक्षाकर्मीहरु मनोहरा सुकुम्बासी क्षेत्रमा पुगेको छ ।
बिहानैदेखि सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
हिजो शनिबार थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।

