नारी

 

कविता

ए नारी, हामी सबै नारी,
तिनै नारीलाई पुजिन्छ पनि ।
तिनै नारी कतै थुकिएका पनि छन् ।
तिनै नारी कोही आफ्नो अस्तित्व खोसिन्छ की, भनेर डराएका पनि छन् ।
जहां सोझो बनाईछ, फाईदा उठाईन्छ,
त्यसैले जताततै नारीको अवमुल्यन भएको छ ?
नारी अस्तित्व को घृणा गर्नेहरु आज ठुला देखिएका छन् ?
अनी नारी सम्मानित पनि ?
चिन्नु पर्छ राम्रो नराम्रो हामीले यहां नी ।
कोही अस्तित्व ढाक्छन् भने कोही अस्तित्व बेच्छन ।
त्यही त छ नारीको कुरुपता,
त्यही त छ नारीको स्वतन्त्रता र गलत ब्याख्या,
ए नारी सक्छौ भने डाहा नगर,
कसैको विचार लत्याएर कुचो समाउन सिकाउने गरी,
ति निर्दोष नारीलाई पर्योग नबनाऊ,
आफु उठन भनी,
बरु आफ्नै जिर्ण बिचारसङ उठ ।
हेप्न नखोज तिमी नारी बनेर यहा ।
नारी बनेर नारीलाई नै घर भित्र पस्न नदिने ।
कुनै श्रीमान् ले अलक्षिन आइमाई भनेर बन्ने पनि तिनै नारी हुन ।
केटा मान्छे संग राम्रो बोले पनि शंका गर्ने तिनै नारी हुन ।
भान्सा कोठामा नपस्ने अनी कुरा काट्ने तिनै नारी नै हुन ।
त्यसैले, अचम्म छ नारी वादमा एकता सम्भव होला र ?
अब हामी हाम्रो अस्तित्वको लागी बाचौ र नया गन्तव्य खोजौ ।
नारी अस्तित्व को जगेर्ना गरौं ।