कोरोना संक्रमणबाट नुवाकोटमा २ जनाको मृत्यु

२ जेठ, नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितका आज मृत्यु भएको छ । विदुर नगरपालिका–४ बट्टारकी ३२ वर्षीया महिला र किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज मृत्यु भएको हो । हिजो अस्पताल भर्ना भएका ३३ वर्षीय पुरुषको स्वास्थ्यमा जटिलता थपिएपनि सघन उपचार कक्ष खाली नभएका कारण मृत्यु भएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए ।