हेली एभरेष्टका एक पाइलटसहित तीन जना निर्देशकले गरे सगरमाथा आरोहण

२ जेठ, काठमाडौं । हेली एभरेष्टका एक पाइलटसहित तीन जना निर्देशकले सगरमाथा आरोहण गरेका छन् ।
मार्केटिङ डाइरेक्टर टासि लाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवम पाइलट कृष्ण प्रसाद गौचन(सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले मे ११ –बैंशाख १८) विहान ७ बजे सगरमाथा आरोहण गरेका छन् ।

हेली एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)का अनुसार आरोहणमा सहभागीमध्ये टासी लाक्पाले विश्वभर रहेका ८ हजारभन्दा माथिका सबै हिमाल चढी कीर्तिमान राखिसकेका छन् ।