कहाँ जाउला हामी नेपालै नरहे !

कविता

सबै जातको फुलबारी, हाम्रो नेपाल ।
उत्तरतिर रसाउछन् हाम्रै, देशका हिमाल ।

चारैतिर घन्की रहेको गौरवाम्बित, नेपालीका कथा ।
विश्व सामु फरफरराई रहेको, चन्द्र सूर्य झन्डा ।

यहि माटोको उर्बरामा, जन्म्यौ हामी सबै ।
कति माया लाग्छ कठै, नेपाली गौरबको गाथै

देश बनाउन जुुटौ है, सबै हामी नेपाली ।
किन बेच्नु देशको माटो, मन्त्री बनी–बनी ।

कहाँ जाउला हामी, हाम्रो देशै नरहे ।
माया गरौ भित्रदेखी, देशको माया भए ।

गौरव गर संसारको, अग्लो सगरमाथा हुँदा ।
के हुन्छ र मन्दिर गई, पूजाआजा गर्दा ।

पाखुरीमा लेखेको छ, मेरो देश भनी ।
संसारमा कुदिएको, नेपाल निशान पनि ।

हिमाल, पहाड, तराई बसी रमाउला, नेपाल भनी भनी ?
बेचिहाले कहाँ बसौला, कहाँ रमाउला ? बचाइहाल्यौ हामी ।