देशभरमा १०४१ कोरोना संक्रमिण थपिदा काठमाण्डौं उपत्यकामा ४०८ जना पुष्टि

२० भाद्र, काठमाडौं । आज शनिबार देशभरमा १०४१ जनामा कोरोना भाइरसका संक्रमिण पुष्टि भएका छन् । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस सँगै काठमाडौं उपत्यकामा मात्र ४०८ जना कोभिड–१९ का संक्रमिण थपिएको जानकारी दिइएको छ ।

यो सहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। आजै देशभरमा १५ सय ६६ जना कोरोनालाई जितेर फर्किएका छन्।

यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो सहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

१२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।