Breaking News

गजल

मध्यरात सपनाले तस्वीर खोजी हिड्छ
फुलले मसानघाट,मन्दिर खोजी हिड्छ

उज्यालो टिप्नलाई आकाश सम्म पुग्यो
जुनकीरी समाउन तक्दिर खोजी हिड्छ

अलिकति पसिना बेचेर इमान किन्नु छ
फर्केर नआए सम्म सफर खोजी हिड्छ

एउटा लासले भन्यो उठ्नु छ एकपटक
कसैलाई उठाउन वैद्य अत्तर खोजी हिड्छ

कैदी बनाउन उजुरी बोकेर थाना सम्म पुगी
थुनामा हुल्छु भनी जन्जिर खोजी हिड्छ

दीर्घ बहादुर शाही (डोक्काघरे)