काठमाडौँ । नेपाली कांग्रेसले आज बिपी स्मृति दिवस मनाउँदै छ । यस पूर्वसध्यामा काँग्रेसले आज बिहान ललितपुरको युन पार्कबाट ग्रिन रन प्रतियोगिता आयोजना गरेको छ । काँग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरेको छ ।
आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका धेरै नेता–कार्यकर्ताहरू सहभागी भएका छन् ।
जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाउने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो ।
काँग्रेस बिशेष महाधिवेशनपछि गगन थापाकोे नेतृत्वमा कार्यसमिति बनेपछि पूर्वसभापति शेरबहादुर देउवा समूहले अझै सम्म गगन थापाको नेतृत्वलाई स्वीकार गरेको देखिदैन । सो समुहले छुट्टै सम्पर्क कार्यालय र गतिविधि गरिरहेको छ । आज पनि ग्रिन रनमा देउवा समुह सहभागि भएको छैन । आज विपि दिवसमा काँग्रेसको संस्थापन पक्ष र इत्तरसमूहले छुट्टा छुटटै कार्यक्रम राखेका छन् ।

