प्राय
घरीघरी आउनेहरू
धोका हुन बेइमान हुन
आफ्नाहरु
कित सुखमा आउछन्
कित दुखमा आउछन्
धोका र बेइमान जसरी
हरबखत फर्किदैनन्
खुसीमा जलेर खरानी हुन्छन्
दुखमा चन्द्रमा जसरी उज्याला हुन्छन्
आगमनमा खुसी बसेको
पटक्कै देख्न मन गर्दैनन्
धुरीमा चराहरु बासेको
सुन्न समेत सक्दैनन्
पारी वनको चाक्लो आउतले
कोदो फलाउने गर्छ
त्यो उसैको हिड्ने बाटो नजिक पर्छ
गहिरी खेतले धानका बाला खेलाएको
प्रिय बेइमान र धोकालाई
हेर्न मन लाग्दैन
धारोले पानी भरेको देख्न सक्दैन
झोलाहरु बुइ चढेर स्कुल गएको
भलो मान्दैन
ए
प्रिय बेइमान
अब झोलाहरु बुइ चढेर
स्कुल पुगि रहन्छन्
पारी वनको चाक्लो आउतले
कोदो फलाई रहन्छ
गहिरी खेतले त झन धानका बाला
खेलाइ रहन्छ
घामले बिस्कुन सुकाइ रहन्छ
चराहरु पनि घरको धुरीमा बसि रहन्छन्
प्रिय धोका
कति हास्नु छ हास है
ए बेइमान
खुसी हुन छ भने बेस्सरी हौ
मेरा बचपनका सखा बेस्सरी हास
बेइमान र धोका जसरी।।
दीर्घ बहादुर शाही (डोक्काघरे)

